Home / Feature Breaking news / व्यवसायमुखी च्याउखेतीवाट राम्रो आम्दानी

व्यवसायमुखी च्याउखेतीवाट राम्रो आम्दानी

लिलाधर वली

दाङ,२५ बैशाख । केहि समय परिवारको सामान्य गुजारामुखी बन्दै आएको च्याउखेती पछिल्ला केहि बर्षदेखि व्यवसायमुखी बन्दै आएको छ । बजारीकरणको समेत समस्या नभएको च्याउखेतीबाट एउटै परिवारले बर्षमा अढाई लाखसम्म आम्दानी गर्न सक्ने हैसियतमा देखिएका छन् ।

 

कृषिमा कम जोखिम भएको च्याउखेतीबाट घाटारहित व्यवसाय हुन थालेपछि यसमा किसानहरुको आकर्षण पनि बढ्दो अवस्थामा रहेको छ । साकाहारी तरकारीका रुपमा लिइएपनि मासुमा जस्तै पौष्टिकता र स्वाद भएका कारण पनि च्याउको व्यवसायीकता बढेको हो । विगत १५ बर्षदेखि तुलसीपुरमा च्याउखेती गर्दै आएका घोराही उपमहानगरपालिका–१६ डवरी निवासी पूर्णबहादुर बिष्टले च्याँउवाट आफुले राम्रो आर्थिक आम्दानी गर्दै आएका छन ।

 

सुरुमा व्यक्तिरुपमा घरवाटै च्याउँ खेती सुरुवात गरेका विष्टले पछिल्लो समय कृषक ताजा तरकारी समुह गठन गरेर सामुहिक रुपमा समेत च्याउ उत्पादनका थालनी गरेको बताए । ‘सुरुमा व्यक्ति रुपमा सानो घर बनाएर च्याउँ व्यवसाय सुरु गरेको थिए’,बिष्टले भने,‘च्याउ खेती गर्न सजिलो र सजिलै विक्रि हुने भएपछि सामुहिक रुपमा पनि खेती खेती गर्दै आएका छौँ ।’ करिव ५ ्र ६ कट्ठा जग्गा भाडामा लिएर गरिएको व्यवसायीक च्याउँ खेतीवाट सिजनमा १५ देखि २० क्वीण्टल सम्म च्याउँ उत्पादन गर्ने गरेको बताए । जसमा राम्रो आर्थिक आम्दानी हुने गरेको उनी बताउछन ।

 

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१२ रझेना निवासी खुशीराम चौधरीले च्याउखेतीवाट बार्षिक २ लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको बताउछन । गोभ्रे च्याउँको व्यवसायीक खेती गरेका उनले आफुलाई विक्रि गर्न अहिलेसम्म कुनै समस्या नभएको बताए । ‘गोभ्रे च्याउँ अन्य च्याउँभन्दा राम्रो च्याउको रुपमा रहन्छन,मैले विगत लामो समयदेखि गोभ्रे च्याउँ गर्दै आएको छु’,चौधरीले भने,‘च्याउँ बोकेर बेच्नलाई डुलाउनु परेको छैन,घरवाटै विक्छ ।’ च्याउँखेतीकै आम्दानीवाट घरखर्चसँगै बचत हुने गरेको बताए । ५ जनाको परिवार च्याउँखेतीमा लागेको बताउने चौधरीले च्याउँखेतीको व्यवसायीक खेती गर्न सके राम्रो आम्दानीसँगै स्वदेशमै रोजगारीका अवसरहरु समेत सृजना हुने उनीको भनाई छ ।

 

त्यसो तँ पछिल्लो समय जिल्लामा महिलाहरुको लागि च्याउँखेती आम्दानीको श्रोत बन्न पुगेको छ । घरको कामसँगै च्याउँखेती गर्न सकिने र आम्दानी समेत राम्रो हुन भएपछि महिलाहरु एकल तथा सामुहिक रुपमा व्यवसायीक च्याउखेतीतफ लागेको घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी कमला देउजाले बताईन । व्यक्ति रुपमा घरसँगै देउजाले महिला जागरण कृषक समुह गठन गरेर सामुहिक रुपमा समेत च्याउखेती गर्दै आएको उनको भनाई छ । २३ जना महिलाहरु आवद्ध  रहेको उनको समूहले राम्रो आम्दानी गर्दै आएको छ ।

 

बजारमा प्रशोधित च्याउ

यसैबीच बजारमा अव प्रशोधित च्याउ उपभोक्ताहरुलाइ उपलव्ध हुने भएको छ । त्यस्तै घोराही उपमहानगरपालिका–१६ झिगैँ निवासी धनमाया बुढाले भने च्याउँ प्रशोधन गर्ने काम गर्छिन । जिल्लामा विभिन्न व्यक्ति तथा समुहहरुले उत्पादन गरेको च्याउँ संकलन गरेर प्रशोधन गतबर्षदेखि गर्दै आएको बुढाले बताईन । विगत दुई बर्ष पहिले रिजमको सहयोगमा करिव एक करोड ७ लाख रुपैयाको लागतमा जलजला च्याउँ प्रशोधन केन्द्र स्थापना गरेकी बढाले त्यसयता च्याउँ प्रशोधन गरेर च्याउँको सुकुटी, धुलो, अचार बनाएर विक्रि गर्ने काम गर्दै आएकी छिन । ‘सुरुको बर्ष भएकाले यसबर्ष च्याउँ प्रशोधन र च्याँउको अचार बनाएर बेच्ने काम गरे’,बुढाले भनिन्,‘यसले थोरै भएपनि आम्दानी बढाउने काम गरेको छ ।’ यसबर्ष ५ सय केजीसम्म च्याउँको अचार बनाएर बेचेको उनले बताईन ।

 

अहिले जिल्लामा च्याउँको व्यवसायीक खेती गर्ने किसानहरुको सङख्या बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ । जिल्लामा च्याउँको राम्रो सम्भावनासँगै राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय पुरुषहरुदेखि महिलाहरु समेत व्यक्तिगत तथा सामुहिक रुपमा व्यवसायीक च्याँउखेतीमा आकर्षित भएको घोराही उपमहानगरपालिका कृषि विकास शाखाका प्रमुख समेत रहेका जिल्ला कृषि विकास कार्यालय दाङका कृषि प्रशार अधिकृत भरतमणि पोख्रेलले बताए । उनका अनुसार जिल्लामा करिवदाङमा आठ सय भन्दा बढि  कृषकहरु च्याउ खेतीमा आवद्ध रहेका छन ।  कार्यालयका अनुसार दाङमा ४७ हजार एक सय ४९ मेट्रिक टन च्याउ उत्पादन भैरहेको छ । जसमा कन्ये च्याउ चार हजार तीन सय ४७ तथा गोब्रे च्याउ एक हजार छ सय ७९ र दुधे दुई टन च्याउ उत्पादन हुने गरेको छ । उत्पादीत ४७ हजार एक सय ५७ टन च्याउ जिल्लामा खपत हुने गरेको छ ।

 

यसैविच जिल्लामा च्याउँ उत्पादन व्यवसायीहरुकोलागि दुई दिने च्याउखेती तालिम घोराहीमा सुरुभएको छ । व्यवसायीहरुको पहलमा भएको व्यवसायीक च्याउखेती तालिममा जिल्लाका च्याउँ उत्पादक, वितरक र प्रशोधनमा संलग्न व्यक्तिहरुको सहभागिता रहेको  छ । दुई दिनसम्म चल्ने सञ्चालन हुने च्याउखेती तालिममा जिल्लाका २३ जना बढि च्याउँखेती गर्दै आएका किसानहरुको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा धर्मेन्द्र महर्जन र सुरेश महर्जन रहेका छन । तालिमको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले तालिमले किसानहरुलाई च्याउँ उत्पादनसँगै व्यवस्थापनमा सहयोग पु¥याउने बताएका थिए । कमला देउजाको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन गिता रावतले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*