दाङ, ९ जेठ
त्रिभुवननगर जेसिजले घाेराहीका विभिन्न स्थानमा सेटिटाईजिङ गरेकाे छ ।
घाेराही बजारका बढि भिडभाड हुने विभिन्न स्थानहरूमा सेनिटाइजिङ गरेकाे हाे ।
घाेराही बजारका भिडभाड हुने मुख्य मुख्य स्थानहरू, घाेराहीका अस्पताल, सरकारी कार्यालय र सुरक्षा निकायका कार्यालयहरूमा विहीवार सेनिटाइजिङ गरेकाे महासचिव मिनराज भाटले जानकारी दिनुभयाे ।
जिल्ला प्रसासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तुल्सिपुर चोक, न्यु रोड, दामोदर चोक, बाल मन्दिर अासपास, बसपार्क, सब्जीमण्डी, वडा प्रहरी कार्यालमा सेटिटाइजिङ गरिएकाे छ ।
यस्तैै घाेराही उपमहानगरपालिका वडा नम्बर १४ र १५ काे कार्यालय, बुद्ध हास्पिटल, दिपज्योती हास्पिटल, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, ट्राफिक चोक, विपि चोक, दिपसिखा चोक, गुलरीया चोक, शाहिद गेट रोड लगायत बजारका बिभिन्न भिडभाड़ क्षेत्रहरूमा करीब १३००० लिटर सेनिटाइजर सेनीटाइजिङ गरिएकाे उहाँले जानकारी दिनुभयाे ।
सेनिटाइजिङकालागी डीएन ग्याँस सप्लायर्स लमहीका सञ्चालक दुलम चाैधरी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, घोराही उपमहानगरपालिका वार्ड न १४ र १५ काे वडा कार्यालय र वडा प्रहरी कार्यालय घोराहीलाई त्रिभुवननगर जेसिजले जानकारी दिनुभयाे ।
RaptiSandesh RaptiSandesh