Home / Feature Breaking news / किसानलाई बिउ र प्रहरीलाई भाँडा सहयोग

किसानलाई बिउ र प्रहरीलाई भाँडा सहयोग

घोराही, १३ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले आईतबार किसानहरुलाई घाँसको बिउ र प्रहरीलाई भाँडाहरु प्रदान गरेको छ । वडा भित्र रहेका करिब एक सय किसानहरुलाई घाँसको बिउ र अस्थायी प्रहरी चौकी सर्रालाई भाँडावर्तन प्रदान गरेको हो ।

वडा अध्यक्ष लछिनप्रसाद बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरीले किसानलाई घाँसको बिउ र प्रहरीलाई भाँडाबर्तन प्रदान गर्नुभएको हो ।

करिब एक सय जना किसानलाई पशु सेवा कार्यालयबाट आएको घाँसको बिउ प्रदान गरिएको हो । त्यसैगरी प्रहरी चौकीलाई विभिन्न १६ प्रकारका भाँडावर्तनहरु प्रदान गरिएको छ । कुर्सी १० थान, थाल, कचौरा, गिलास, कप, चम्चा १२÷१२ पिस, गाग्री, डेप्ची, जग, कराई दुई दुई थान, प्रेसर कुकर, चियादानी, टेवुल, डारु, पन्यु एक एक थान गरिक ३४ हजार ३० रुपैयाँ बराबरको भाँडावर्तन वडा कार्यालयले प्रहरीलाई दिएको हो ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले सबै नागरिकहरु आयआर्जनमा जोडिन आबस्यक रहेको बताउनुभयो । कृषि पेशाले नै आर्थिक संबृद्धी ल्याउने भन्दै उहाँले राज्यले गरेको लगानीको प्रतिफल राम्रो निकाल्न किसानहरुलाई जाँगरिलो बन्न आग्रह गर्नुभयो । विउ तथा भाँडा बितरण कार्यक्रमको सहजिकरण वडा सचिब नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*