Home / Feature Breaking news / लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चाैधरी नियुक्त, भोली सपथ लिने

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चाैधरी नियुक्त, भोली सपथ लिने

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांगेसका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री नियुक्त भएका चौधरीले नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टिका ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १/१, जना गरी ५३ जना प्रदेशसभा सदस्यहरुले समर्थन गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएका चौधरीलाई सपथ खुवाउने तयारी प्रदेश प्रमुख कार्यालयले गरेको छ ।

दाङ क्षेत्र नम्बर ३ (क) बाट गत मंसिरको प्रदेश सभा निर्वाचन जितेका चौधरी यसअघिको लुम्बिनी प्रदेशसभामा पनि मन्त्री बनेका थिए भने २०७० सालमा प्रतिनिधिसभामा निर्वाचित भएर राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*