Home / Feature Breaking news / चाैथाेनारायणपुर महाेत्सव सुरू, विकासमा ऐक्यबद्धता आवश्यक : मन्त्री शर्मा

चाैथाेनारायणपुर महाेत्सव सुरू, विकासमा ऐक्यबद्धता आवश्यक : मन्त्री शर्मा

 

दाङ, १४ वैशाख ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले विकासमा ऐक्यबद्धता आवश्यक रहेकाे बताएकी छिन् ।

नारायणपुर उद्याेग वाणिज्य संघकाे आयाेजनामा सञ्चालन `चाैथाे चाैथाे नारायणपुर कृषि, पर्यटन तथा व्यापार महाेत्सव २०८०´ काे उद्घाटन गर्दै मन्त्री शर्माले चुनावी प्रतिस्पर्धा रहे पनि विकासमा ऐक्यबद्धता रहेकाे बताएकी हुन् ।

कार्यक्रमकाे प्रमुख अतिथिसमेत रहेकी मन्त्री शर्माले जनताकाे भराेसा टुट्न नदिने बताइन् । `चुनावका बेला अभिव्यक्त गरिएका अभिव्यक्ति चुनावी अभिव्यक्ति मात्र नभई समृद्ध दाङका लागि अभिव्यक्त गरिएका अभिव्यक्ति हुन् । जसलाई मैले भुलेकाे छैन ।´ मन्त्री शर्माले थपिन्, `निर्वाचनका बेला भएका प्रतिस्पर्धा निर्वाचनका बेला मात्र हाे , जनप्रतिनिधिका रूपमा चुनिएपछि सबैकाे साझा हुने भएकाले आम नागरिकका अपेक्षा, चाहना साझा रहन्छन् । अहिले म साझा व्यक्ति र साझा एजेन्डा लिएर उभिएकी छु ।´

मन्त्री शर्माले लमही -घाेराही- तुलसीपुरकाे फाेर लेन सरकारकाे पहिलाे प्राथमिकता रहेकाे बताइन् । उनले भनिन्, ` फाेर लेन सडकलाई सरकारले पहिलाे प्राथमिकतामा लिएकाे छ । सरकारले यसलाई संवेदनशील रूपमा लिएकाे छ । ´ मन्त्री शर्माले फाेर लेन सडकलाई राजनीतिक मुद्दा बनाएर अतिरञ्जनात्मक नगर्न आग्रह गरिन् । नागरिकका रचनात्मक दबाव भएमा सरकारलाई ध्यानाकर्षण गराउन जनप्रतिनिधिलाई सहज हुने पनि मन्त्री शर्माले बताइन् ।

फाेर लेन सडककाे कार्य प्रगतिका सन्दर्भमा मन्त्री शर्माले यथाशीघ्र ठेक्का ताेडिने र नेपाल सरकारले बाेलपत्र आह्वान कार्य प्रक्रिया अगाडि बढाउने बताइन् । `राेड फ्रि नगरेसम्म सरकारले काम गर्न नसकिने प्रावधान रहेकाेले सरकारले पहिलाकाे ठेक्का सम्झाैता ताेडेर राेड फ्रि बनाएर पहिलाे चरणमा बिग्रिएकाे बाटाे मर्मत गर्नेछ ।´ मन्त्री शर्माले बताइन् ।

दाङ जिल्लाकाे लाइफ लाइनका याेजना अन्तर्गत खङ्ग्रा नाकादेखि नारायणपुर हुँदै हाेलेरी, रक्षाचाैरकाे बाटाे, मुर्कुटी प्यूठानकाे बाटाे, प्रहरी चाैकी, स्वास्थ्य चाैकीकाे स्तराेन्नतिलाई सरकार सरकारले प्राथमिकताका साथ लिएकाे पनि मन्त्री शर्माले बताइन् ।
त्यस्तै मन्त्री शर्माले सके तुलसीपुरकाे एयरपोर्ट बिस्तार गरिने तर प्राविधिक कारणले बिस्तार गर्न नसके दाङभित्रैकाे जमिनमा विकल्प खाेजिने पनि बताइन् ।

सामाजिक भत्ता कटाैतीका भ्रम फिजाइएकाेप्रति आपत्ति प्रकट गर्दै मन्त्री शर्माले यस्ताे भ्रम नफिजाउन पनि अपील गरिन् ।

नारायणपुर क्षेत्रमा हाट बजार सञ्चालनका लागि संघले महाेत्सवकाे आयाेजना गरेकाे हाे । महाेत्सवकाे पहिलाे दिन विभिन्न संस्कृति झल्कने सांस्कृतिक झाँकी, टाेल विकास समिति, विभिन्न संघ संस्था तथा विद्यालयहरूले र्याली गरेका थिए ।

समुद्घाटन कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, नेपाल उद्याेग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्याैपाने, वाणिज्य संघ लुम्बिनी प्रदेशका काेषाध्यक्ष नारायण भुसाल, नेपाल उद्याेग वाणिज्य संघका निवर्तमान सदस्य ध्रुवराज श्रेष्ठ भारी, दाङ जिल्ला उद्याेग वाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकी, तुलसीपुर उद्याेग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, ट्रेड युनियन काङ्ग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष युवराज बस्नेत, नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शीतल, नेपाली काङ्ग्रेस दाङकी सचिव बालिका लम्साल, राष्ट्रिय जनमाेर्चाका चन्द्रबहादुर थापा, नेकपा एमालेका शिव श्रेष्ठ र नारायणपुर खानेपानी उपभाेक्ता तथा सरसफाइ समितिकाका अध्यक्ष कुलप्रसाद रजाैरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुष्पा बुढाथाेकी, कल्पना बुढा, मिलन बुढा भीम, माेति केसी लगायतले प्रस्तुति राखेका थिए ।

संघका अध्यक्ष अभियान बस्नेतकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानार्थ सदस्य माधवप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमकाे सहजीकर संघका महासचिव बसन्त न्याैपानेले गरेका थिए ।

मन्त्रीलाई ज्ञापन पत्र

दाङकाे नारायपुुरस्थित दुरसचार टाेल विकास समितिले सञ्चार तथा सुचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्मालाई ज्ञापन पत्र बुझाएकाे छ ।

टाेल विकास समिति र दुरसञ्चार कार्यालय नारायणपुरबिच चरिचरण र खलियानकाे रूपमा उपभाेग रहेकाे जग्गा दुरसञ्चार कार्यालयका लागि उपलब्ध गराउँदा भएकाे सहमति कार्यान्वयन सहजीकरण गरिदिनका लागि मन्त्री शर्मालाई ज्ञापनपत्र हस्तान्तरण गरिएकाे हाे । सडक कालाे पत्रे गर्दा र सडककाे दुबै किनारमा नाला निर्माण गर्दा लागतकाे पचास प्रतिशत रकम दुरसञ्चारले ब्यहाेर्ने लिखित सहमति भए पनि दुरसञ्चार कार्यालयले सहमति कार्यान्वयन नगरेकाे ज्ञापनपत्रमा उल्लेख छ ।

भाेलिका कलाकार
नारायणपुर उद्याेग वाणिज्य संघकाे आयाेजनामा सञ्चालन `चाैथाे चाैथाे नारायणपुर कृषि, पर्यटन तथा व्यापार महाेत्सव २०८०´ मा भाेलि शुक्रबार लाेक गायक रामजी खाँडकाे प्रस्तुति रहने छ। साथै भाेलि महाेत्सवकाे दाेस्राे दिन भाेलि अनु राना मगर, शर्मिला अर्याल,एलिसा बराल, प्रेम शर्मा, एलिजा श्रेष्ठ र सीमा श्रेष्ठकाे प्रस्तुति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*