युएई- युएइमा बस्दै आएका नेपालीले होली पर्व मनाएका छन्। काम र व्यवसायका लागि युएइमा रहँदै अाएका नेपालीले होलीलाई उल्लासपूर्वक मनाएका हुन्।
मुस्लिम बहुल युएइको बरदुबईमा नेपाली ट्राभल, रेष्टुराँ र फेन्सी पसलहरुमा गई रंग लगाएर होली मनाइएको हो। अर्कालाई रङ लगाउदै रमाइलो गरेको देख्ने अन्य मुलुकका पर्यटकहरु पनि नेपालीको होलीमा सहभागी भएका थिए। उनीहरुले नेपालीको धुनमा नाच्दै रङ लगाउने कार्यमा साथ दिएका थिए।