Home / Feature Breaking news / दाङमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानि हत्या, गाेली हान्ने श्रीमान प्रहरी नियन्त्रणमा
-प्रतिकात्मक तस्बिर

दाङमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानि हत्या, गाेली हान्ने श्रीमान प्रहरी नियन्त्रणमा

घाेराही, ३ फागुन
दाङमा गाेली हानेर एक जनाकाे हत्या भएकाे छ । घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे ।
वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे गाेली उनकै श्रीमानले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । घटना करिब साढे ८ बजे भएकाे हाे । अस्पतालले मृत्यु घाेषणा गर्न बाँकी रहेकाे छ । गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेकाे प्रहरीले बताएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*