Home / Feature Breaking news / जागरण अभियानः असन्तुष्ट कार्यकर्ता फकाउँदै कांग्रेस

जागरण अभियानः असन्तुष्ट कार्यकर्ता फकाउँदै कांग्रेस

दाङ,१ असोज । नेपाली कांग्रेस दाङले दोश्रो जागरण अभियान अन्तर्गत जिल्लामा असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई फकाउन थालेको छ । प्रदेश–प्रदेशमा जागरण विगतका दिनहरुमा पाटीमा क्रियाशिल रहेका तर विविध कारण पाटीमा सक्रिय हुन नसकेका नेता तथा कार्यकर्तालाई जागरण अभियानका क्रममा भेटेर पकाउन थालेको हो ।

नेपाली कांग्रेसले थालेको दोश्रो जागरण अभियान अन्तर्गत जिल्लामा केन्द्रीय प्रतिनिधिसहित जिल्लास्तरका नेताहरु हरेक स्थानीय तहका वडा–वडामा पुगेर कार्यकर्ताहरुसँग भेटघाट गर्ने र पाटीका बारेमा छलफल गर्ने गरेको नेपाली कांग्रेस दाङले जनाएको छ । अभियानका क्रममा आवश्यकता अनुसार सम्भव हुने स्थानमा औपचारिक कार्यक्रम गर्ने र नहुने ठाउँमा कार्यकर्ताहरुको घरमै पुगेर भेटघाट गरेर पाटीका कुराहरु राख्ने गरिएको नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकर डागीले जानकारी दिए ।

जागरण अभियानले कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा भएको असन्तुष्टि हटाएर एकताको सन्देश दिएको डागीले बताए । ‘दोश्रो जागरण अभियानलाई पाटीका कार्यकर्ताका कुरा सुन्न उहाँहरुकै ठाउँमा पुग्ने काम गरेका छौँ’,उनले भने,‘त्यस क्रममा कतिपय ठाउँमा औपचारिक कार्यक्रम हुने गरेको छ, भने कतिपय ठाउँमा अनौपचारिक छलफल समेत गर्ने गरेका छौँ ।’ पाटीका कार्यकर्ताले नेता खोजी रहेको समयमा नेताहरु कार्यकर्ताहरुकै घर–आगनमा पुग्दा जनतामा उत्साह थपिएको उनले बताए ।

अभियान अन्तर्गत अहिले जिल्लाका प्रदेशसभा अन्तर्गतका ६ वटा निर्वाचन क्षेत्रमा अभियान चलिरहेको छ । जस अन्तर्गत केन्द्रीय प्रतिनिधिसहित जिल्ला स्तरका नेताहरु,क्षेत्रीय,महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायतका भातृ संघसस्थाका नेताहरुको सहभागिता रहेको छ ।

जागरण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रत्यक वडामा कार्यक्रम गर्दै पाटीका नेता तथा कार्यकर्ता भेट्ने गरेको नेपाली काग्रेस दाङ क्षेत्र नं. २ का सभापति भुपबहादुर डागीले बताए । दोश्रो जागरण अभियानको मुल मर्म अनुसार स्थानीय तहका हरेक वडामा पुगेर पाटीका तल्लो स्तरका नेता तथा कार्यकर्ताहरुसँग पाटीसँगै स्थानीय तहका जनप्रतिनिधिबाट भएका विकास निर्माणका कामहरुका बारेमा छलफल हुने गरेको उनले बताएका छन ।
त्यही अनुसार आफ्नो क्षेत्रका प्रत्यक वडामा कार्यक्रम गर्दै नेता तथा कार्यकर्ताहरु भेटघाट गर्ने गरेको उनले बताए । ‘जागरण अभियान अन्तर्गत नेता तथा कार्यकर्तालाई भेट्दै पाटीप्रति उहाँहरुको असन्तुष्टी बुझ्ने गरेका छौँ’,क्षेत्रीय सभापति डागीले भने,‘भेटमा हामीले असन्तुष्टी राख्नुहोस तर पाटीबाट निष्क्रिय नहुनुहोस भन्ने गरेका छौँ ।’ अहिलेको जागरण अभियान जनतामाँझ भन्दा पनि आफ्नै असन्तुष्ट नेतासँग कार्यकर्ताहरुलाई फकाउने गरि कार्यक्रम गरिरहेको उनले बताए ।

कांग्रेसको जागरण अभियानलाई पाटीका नेता तथा कार्यकर्ताहरुले मन,बचन र कर्मले आत्मसाथ गर्न सके पाटीलाई सुदृढ गर्न सकिने नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति बिरकेश्वरी गौतमले बताए । ‘कांग्रेसले कार्यक्रम मात्र गर्ने होइन,जनताको मन जित्ने गरि अघि बढ्नुपर्छ’,पूर्व जिल्ला सभापति गौतमले भने,‘भेटघाट र छलफलसँगै पाटीभित्रका असन्तुष्टीलाई सम्वोधन गर्न ध्यान दिनुपर्छ ।’ त्यसकालाग पाटीको सिद्धान्तलाई आत्मसाथ गर्न आवश्यक रहेको समेत बताए ।

‘पाटीको क्रियाशिल सदस्यता लिदा दैनिक घण्टा पाटीलाई समय दिने भन्ने हुन्छ तर अहिले त्यो देखिदैन’,उनले भने,‘पाटीले कसरी क्रियाशिल सदस्यहरुलाई पाटीको काममा लगाउने भन्नेमा ध्यान दिनुपर्छ ।’ प्रत्येक क्रियाशिल सदस्यले पाटीका लागि एक दिनमा एक घण्टा समय दिन सक्ने हो भने पाटीलाई पुरानै अवस्थामा फर्काउन कुनै समस्या नरहेको उनी बताउँछन ।

जागरण अभियान अन्तर्गत दाङ क्षेत्र नं. १ (क)मा जनक चौधरी, १ (ख)मा शुशीला शाह, क्षेत्र नं. २ (क)मा उमा दाहाल र २ (ख)मा धुर्व पुरी र क्षेत्र नं. ३ (क)मा सुरेन्द्र हमाल र ३ (ख)मा मोहन बराललाई नेपाली काग्रेसले केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ । भदौका २४ गतेदेखि सुरु भएको जागरण अभियान असोजको ७ गतेसम्म चल्ने छ । अभियान जिल्लाका दश स्थानीय तहका एक सय वडाहरुमा कार्यक्रम गरिदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*