Home / Feature Breaking news / बाघको छालासहित दुई जना पक्राउ

बाघको छालासहित दुई जना पक्राउ

घोराही, ६ मंसिर । दाङमा बाघको छाला सहित दुई जना पक्राउ परेका छन् । मंसिर ५ गते करिव ७ बजे घोराही उपमहानगरपालिका १६ गरुवा चोकवाट बाघको छाला सहित व्यक्ति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नं. ६ का ३८ बर्षिय सुर्य बहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा बस्ने ३१ वर्षका महेन्द्र खड्का रहेका छन् ।

छाला ओसारपसार गरिरहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो । कार्यालयवाट खटिएको प्रहरी टोलीले पश्चिम वाट पूर्व तर्फ आउदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा कालो रंगको झोला भित्र एक थान बाघको छाला फेला परेको हो । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*