Home / Feature Breaking news / भारतको पानी पिउन बाध्य छन् कोईलाबासबासी

भारतको पानी पिउन बाध्य छन् कोईलाबासबासी

दाङ, १५ चैत
दाङको नाका क्षेत्रहरुमा खानेपानीको अभाव हुन थालेको छ । गर्मी मौसम सुरुवातसँगै जिल्लाको नाका क्षेत्रमा खानेपानीको अभाव सुरु भएको हो । कोईलाबास लगायत जिल्लाका नाका क्षेत्रमा खानेपानीको अभाव हुन थालेपछि नाकाबासीहरु पानी ल्याउन भारततर्फ लाग्न थालेका छन् ।

खानेपानीको स्थानीय स्रोत सुक्न थालेपछि उनीहरु भारतबाट पानी ल्याएर दैनिकी चलाउन बाध्य छन् । गर्मी मौसममा पानीको अभाव हुन थालेको धेरै बर्ष भईसक्यो । यी क्षेत्रको मुख्य समस्या भनेको खानेपानी रहेको नाकाबासीहरु बताउछन् ।

यहाँका सार्वजनिक धाराहरुमा पानी नआएको धेरै वर्ष भईसक्यो, ईनारको पानी पनि धमीलीसकेको छ । बस्ती नजिकै रहेको यो खोलाको पानी पनि कति दिन रहने हो थाहा छैन । नाका क्षेत्रमा पानी अभाव हुनुको मुख्य कारण यहाँका खोलाबाट ढुंगा उत्खनन् गरेर भारत निकासी हुनु रहेको स्थानीयहरु बताउछन् ।

ढुंगा निकालेपछि खोला गहिरियो, खोलासँगै ईनारको पानीको मूलपनि पनि खोलासँगै गहिरियो । जसको परिणाम गर्मी मौसमको केही महिना नाका क्षेत्रबासी एवं सुरक्षा निकायले आफ्नो देशको पानी पिउन पाउदैनन् । खोलाहरुको पानी पनि सुक्दै छ ।

ती खोलाहरुमा जानकालागि बाटोसम्म पनि छैन । नुहाउन, कपडा धुनकालागि खोलासम्म पुग्न सहज होस् भनेर वडा कार्यालयले सिडी बनाउने काम सुरु भएको छ ।

नाकाबासीहरु भारतीय सिमा सुरक्षा (एसएसवी) क्याम्पको बोरिङमा निर्भर हुन बाध्य छन् । सिमा क्षेत्रमा डिपबोरिङ र पाईपबाट पानी ल्याउने पटक पटकको प्रयासमा लाखौ बजेट खर्च भईसकेको छ । तर त्यो प्रयास अझै सफल हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*