Home / Feature Breaking news / तुलसीपुरमा पशुलाई सुत्केरी भत्ता

तुलसीपुरमा पशुलाई सुत्केरी भत्ता

दाङ,१४ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ पशु सुत्केरी भत्ता बितरण गरिएको छ । वडा कार्यालयले हेमन्तपुरमा एक कार्यक्रम गरि पशु सुत्केरी भत्ता तथा बिपदमा परेकालाई राहत बितरण गरिएको हो । वडाले जिल्लामा पहिलो पटक पशु सुत्केरी भत्ता बितरण शुरु गरेको हो ।

सबै प्रक्रिया पुरा गरेर ब्यबसायीक पशुपालनमा लागेकालाई प्रोत्साहन स्वरुप एउटा पाठीको पाँचसयका दरले भत्ता बितरण शुरु गरिएको वडाअध्यक्ष माधव वलीले बताए । उनका अनुसार पहिलो चरणमा पशु सुत्केरी भत्ता बापत बंगुरपालक मधुमाया जिसीलाई ५ हजार रूपैयाँ नगद प्रदान गरिएको छ ।

साथै बिपत पीडितलाई पनि राहत बितरण गरिएको छ । पूर्णक्षति अन्तर्गत गेहेन्द्रबहादुर खत्री र राज कुमार नेपालीलाई जनही ३५÷३५ हजार प्रदान गरिएको छ । त्यस्तै आंशिक क्षति अन्तर्गत टोप बहादुर वलीलाई २० हजार , आगलागी पीडित जपधन बुढा मगर र देब बहादुर खड्कालाई जनही १५÷१५ हजार , घर क्षतिवाफत पहलबिर खड्कालाई १५ हजार , सामान्यक्षति अन्तर्गत भिमसरी रोकालाई १० हजार रुपैयाँ प्रदान गरिएको वडाध्यक्ष वलीले बताए ।

राहत रकम तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*