Home / मनोरञ्जन / उत्सर्ग डान्सिङ स्टर–४ का विजेता योगीलाई सम्मान

उत्सर्ग डान्सिङ स्टर–४ का विजेता योगीलाई सम्मान

घोराही,११ कार्तिक । उत्सर्ग डान्सिङ स्टार ४ का विजेता आर्दश योगीलाई स्वागत तथा सम्मान गरीएको छ । उत्सर्ग फिल्मस नेपालले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी बिजेता योगीलाई स्वागत सम्मान गरेको हो ।
उत्सर्ग डान्सिङ स्टार– २ का विजेता समिक्षा पौडेलको अध्यक्षता तथा दाङ उद्योग वाणिज्य संघका पुर्व उद्योग उपाध्यक्ष खडग वुढाथोकीको प्रमुख आतिथ्यता एव नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष नरेन्द्र केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बिजेता योगीलाई फुल माला,अविर, टिका लगाएर सम्मान गरिएको थियो ।

उत्सर्ग डान्सीङको उपाधिसँगै योगीले ५० हजार नगद जितेका थिए । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि वुढाथोकीले वालवालिकालाई शिक्षासंगै उनीहरुको रुचि अनुसार अन्य क्षेत्रमा पनि अगाडि वढाउनु पर्ने बताए । शिक्षासँगै बालबालिकाहरुलाई अभिभावकहरुले उनीहरुको आन्तरिक प्रतिभालाई बुझेर अघि बढाउनुपर्ने बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघका पुर्व उपाध्यक्ष नरेन्द्र केसीले उत्सर्ग डान्सीङ स्टार कार्यक्रमले बालबालिकाहरुको प्रतिभालाई वाहिर ल्याउन महत्वपुर्ण मद्दत पु¥याएको बताए । उत्सर्ग डान्सीङ स्टार–४का विजेता आर्दश योगीले आफुमा रहेको प्रतिभालाई बाहिर ल्याउन कार्यक्रमले ठुलो भुमिका खेलेको भन्दै कार्यक्रमलाई आगामी दिनहरुमा पनि सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रमको विषयवस्तु वारे उत्सर्ग फिल्मस नेपालका प्रवन्ध निर्देशक केएल पीडितले जानकारी गराएका थिए भने कार्यक्रमको सहजिकरण पत्रकार लिलाधर वलीले गरेका थिए । उत्सर्ग डान्सीङ स्टार विगत चार बर्षदेखि जिल्लामा सञ्चालन हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*