Home / Feature Breaking news / दङ्गाली टि–२० कप क्रिकेट प्रतियोगिताको तयारी तीव्र

दङ्गाली टि–२० कप क्रिकेट प्रतियोगिताको तयारी तीव्र

घोराही,११ कार्तिक । यहि कार्तिकको २७ गतेदेखि घोराही संञ्चालन हुन लागेको ५ नम्बर क्षेत्रको सबैभन्दा ठुलो धन राशीको ‘दङ्गगाली टि–२० कप’ क्लब स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ ।

प्रतियोगिताको दिन नजिकिदै गर्दा आयोजकले तयारीलाई तिव्र पारेको हो । प्रतियोगितामा देश भरिका बढीमा १६ वटा टिमहरु सहभागी हुँदै छ्न । राष्ट्रिय अन्तरास्ट्रिय खेलाडीको सहभागिता रहने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख १० हजारसहित शिल्ड मेडल प्रमाण पत्र र आकर्षक गिफ्टहरु प्राप्त गर्ने भएको छ । त्यस्तै दोश्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड मेडल प्रमाण पत्र र आकर्षक गिफ्टहरु प्राप्त गर्ने आयोजकले जानकारी गराएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५ हजार बेस्ट बलर र ब्याटसम्यान लाई पाँच ्रपाँच हजार सहित शिल्ड मेडल प्रमाण पत्र र आकर्षक गिफ्ट र प्रत्येक खेलको म्यान आफ दि म्याचलाई नगद तीन हजारसहित शिल्ड मेडल प्रमाण प्रदान गरिने भएको छ । दाङ क्रिकेट संघको शनिवार गुलरिया क्रिकेट मैदानमा बसेको नवनिर्वाचित समितिको पहिलो बैठकले प्रतियोगिताकोलागि बिभिन्न समितिहरु समेत गठन गरेको छ। जस अन्तर्गत संघका अध्यक्ष प्रदिप मजगैयाको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोक समिति गठन गरिएको छ ।

त्यसैगरी प्रतियोगिता सफल पार्नका लागि नेपाल पत्रकार महासंघ दाङको संयोजकत्वमा प्रचारप्रचार समिति, संघका कोषाध्क्ष राजिब सिल्पकारको संयोजकत्वमा आर्थिक उपसमिति, संघका सद्स्य मिनेश श्रेष्ठको संयोजकत्वमा टिम व्यवस्थापन उपसमिती, संघका सदस्य सन्जु केसीको संयोजकत्वमा खेल मैदान ब्यबस्थापन उपसमिति र संघका सदस्य राजिब उल्लाह खानको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति गठन गरेको संघका अध्यक्ष प्रदिप मज्गैयालले जानकारी दिए । त्यसैगरी बैठकले संघको दोश्रो साधारणसभा भब्य रुपले सम्पन्न गर्न सहयोग गर्ने सबै प्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ । बैठक संघमा अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षतामा बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*