Home / Feature Breaking news / त्रिभुवन नगर सेसीजद्धारा पौडेललाई स्वागत तथा सम्मान

त्रिभुवन नगर सेसीजद्धारा पौडेललाई स्वागत तथा सम्मान

दाङ, १२ कार्तिक
दाङको त्रिभुवन नगरजेसिजले नेपाल जेसिज २०१८ का अध्यक्षका लागि उम्मेदवार महेश पौडेललाई स्वागत तथा सम्मान गरेको छ । जेसिजको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका पुर्वि ईटहरीका महेश पौडेल दाङ आएको समयमा स्वागत तथा सम्मान गरेको हो ।

त्रिभुवन नगर जेसिजका अध्यक्ष दीपक शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवार पौडेलले आगामी एक वर्षका लागि नेपाल जेसिजको अध्यक्षका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । जेसिजलाई कुनै पनि राजनितीक छायाबाट मुक्त गर्न, सबैको साझा सस्थाको रुपमा विकास गर्न, पैसाको हालीमुहाली भन्दा पनि युवाहरुको ब्यक्तित्व विकास गर्नका लागि आफ्नो उम्मेदवारी रहेको पौडेलको भनाई रहेको छ ।

आफु २००६ बाट जेसिजमा प्रबेश गरेको बताउदै उहाले २०१२ मा ईटहरी जेसिजको उपाध्यक्ष, २०१३ मा राष्ट्रिय उपाध्यक्ष २०१६ मा राष्ट्रिय कार्यकारीणी उपाध्यक्षको रुपमा काम गरीसकेको बताउदै अबको नेतृत्वका लागि सबैको सहयोग आबस्यक रहेको बताउनुभयो ।

कार्यक्रममा त्रिभुवननगर जेसिजका पुर्व अध्यक्ष निशान्त आचार्यले महेश पौडेल जेसिज सुधार र विकासका लागि राष्ट्रिय अध्यक्षका उम्मेदवार पौडेलले ल्याएको योजनाहरु महत्वपुर्ण रहेको भन्दै विजयको शुभकामना समेत दिनुभयो । कार्यक्रममा त्रिभुवननगर जेसिजका अध्यक्ष दीपक शर्माले त्रिभुवन नगर जेसिजले सञ्चालन गर्दै आएका कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*