Home / Feature Breaking news / अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव ः आश्थाले नचार्यन् दर्शक, आईतवार प्रकाश सपुत आउने

अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव ः आश्थाले नचार्यन् दर्शक, आईतवार प्रकाश सपुत आउने

घोराही, १८ फागुन
१२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को दोस्रो दिन गायिका आश्था राउतले दर्शकहरु नचाएकी छिन् । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको दोस्रो दिन चर्चीत लोकदोहोरी गायिका आश्था राउतले आफ्ना चर्चीत गीतहरुको साथमा दर्शकहरु नचाईन् । उनले सन्देशमूलक प्रस्तुतिकासाथ आफ्ना गीतहरु प्रस्तुत गरेकी हुन् ।

सम्पूर्ण धर्महरुको सम्मान स्वरुप धार्मीक गीतबाट सुरु गरेकी गायिका राउतले ‘पोहोर पनि ढाट्यौ आमा यसपालिका नि ढाट्यौ खोई त मलाई झुम्के बुलाकी, चौबन्धीमा पटुकी बाध्या छैन भन्दैमा, नाकैमा फूलि, सालको पात टपरी गासेर, यो माया यो माया’ लगायतका गीतहरु प्रस्तुत गरेकी थिईन् ।

दोस्रो दिन शनिवार चन्द्र शर्मा, अनु अधिकारी, नरेश खाति, केपिना गोतामे, सलिना थापा लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति रहेको थियो ।

दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पु¥याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन भूमीका खेल्ने, विभिन्न देशहरुको कला संस्कृतिको जिल्लामै बसेर जिल्लाबासीहरुलाई अवलोकन गराउने लगायतका उद्धेश्य राखेर आयोजना गरिएको अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा फागुन २१ गते सोमवार नेपाल सहित १३ देशका ३ सय बढि कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सवको तोस्रो दिन चर्चीत लोकदोहोरी गायक प्रकाश सपुत, हास्यकलाकार कमल गाउँले, गायिका सविना थापा, गायक रोशन रत्गैया, सरिता दान्कुटी, सुरक्षा मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

महोत्सवको चौथो दिन फागुन २१ गते नेपाल सहित अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरुको प्रस्तुति रहने आयोजक मूल समितिका संयोजक एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिनुभयो । जसकालागी सम्पूर्ण कलाकारहरु आईतवार घोराहअी आउने छन् ।
महोत्सवमा प्रवेशकालागी एक सय रुपैयाको टिकट शुल्क निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*