Home / Feature Breaking news / महिला तथा बालबालिकाको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने महिला सामुदायिक सम्मानित

महिला तथा बालबालिकाको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने महिला सामुदायिक सम्मानित

घोराही, १५ माघ
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ सम्मानित भएको छ । घोराही उपमहानगरपालिकाको ४६ औँ स्थापना दिवशको अवसरमा उपमहानगरपालिकामा महिला तथा बालबालिकाको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा उपमहानगरपालिकाले सेवा केन्द्रलाई सम्मानित गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र घोराही उपमहानथगरपालिकाका निमित्त प्रमुख हुमाकुमारी डिसीले केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

सम्मानपत्र ग्रहण गर्दै संस्थाका संस्थापक अध्यक्ष योगीले वि.स २०५० सालमा महिलाहरुले मात्र स्थापना गरेको मध्य तथा सुदुरपश्चिमाञ्चलको पहिलो संस्थाको रुपमा स्थापना भएको महिला सामुदायिक सेवा केन्द्रले स्थापनाकालदेखी महिला र बालबालिकाहरुको क्षेत्रमा काम गरेको बताउनुभयो । उहाँले संस्थाले महिलाहरुको क्षमता विकाससँगै महिलाहरुलाई आत्मनिर्भर बन्नकालागी विभिन्न क्रियाकलापहरु सञ्चालन गरेको बताउनुभयो ।

व्यक्तीगत एवं सामाजिक परिवर्तनकासाथै आर्थिक रुपमा सक्षम बनाउनकालकालागी संस्थाले काम गरेको योगीले बताउनुभयो । साथै विपन्न, सिमान्तकृत, दलित, जनजाति, अनाथ, द्धन्दपीडित ६ सय बढि बलबालिकाहरुलाई निरन्तर शिक्षामा सहयोग गर्दै आएको उहाको भनाई थियो ।

स्वावलम्बी तथा चेतनशिल महिला समाजको सृजना गर्ने परिकल्पना स्थानीय सिप तथा श्रमको उपयोग गरेर सामाजिक शसक्तीकरण तथा आर्थिक सशक्तिकरण गर्ने ध्यय र लक्ष्यका साथ स्थापना भएको नेपाल महिला सामुदायिक सेवा केन्द्रले दिगो शान्ति स्थापनाका लागी सामुदायिक जागरण बालिका शिक्षा, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन, द्धन्द्ध प्रभावित क्षेत्र तथा समुदायको पुनःनिर्माण तथा पुर्नस्थापनामा सहयोग, वातावरण÷पर्यावरण संरक्षण तथा विपद व्यवस्थापन, लघुवित्त कार्यक्रम, सहकारी मार्फत सामुदायिक विकास र उद्यम विकास कार्यक्रम मार्फत युवाहरुमा स्वरोजगार निमार्ण लगायतका कार्यहरु गर्दै आएको छ ।

घोराही उपमहानगरपालिकाको ४६ औँ स्थापना दिवशको अवसरमा विभिन्न सामाजिक संघसंस्था, जेष्ठ नागरिक, उत्कृष्ट सहकारी, सामुदायिक वन, युवा तथा बाल क्लब, पत्रकार, कर्मचारी लगायतलाई सम्मान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*