Home / Feature Breaking news / कला क्षेत्रको उपेक्षा गरेको भन्दै पीडितद्धारा अनसन

कला क्षेत्रको उपेक्षा गरेको भन्दै पीडितद्धारा अनसन

दाङ,८ पुस । कला क्षेत्रको विकास लागि स्थानीय सरकारले चासो नदिएको भन्दै घोराही उपमहानगरपालिका विरुद्ध सञ्चारकर्मी, कलाकार तथा चलचित्र निर्देशक केएल पीडित अनसनमा बसेका छन । घोराहीमा हुन थालेको बुद्ध–सरयू चलचित्र महोत्सवको अपनत्व लिन नचाहेको र आबश्यक सहयोग नगरेको भन्दै महोत्सव संयोजक एवं चलचित्र निर्देशक पीडितले उपमहानगरपालिकाको गेट अगाडी अनसन सुरु गरेका हुन ।

कला सस्कृतिको विकासलाई प्राथमिकता नदिएको अनसनरत पीडितको आरोप रहेको छ । ‘कला सस्कृतिको विकासका लागि आयोजना गरिएको कार्यक्रमलाई घोराही उपमहानगरपालिकाले उपेक्षा गरेकाले अनसन बस्न परेको छ’,अनसनरत पीडितले भने,‘मेरो अनसन कलाकार र कलाकारिता क्षेत्रको अपमान गर्ने उपमहानगरपालिकाका विरुद्ध हो ।’ उनले म एक कला साधक हुँ, सरकार मलाई देश निकाला गर भन्ने व्यानर राखेर उपमहानगरपालिका विरुद्ध अनसन सुरु गरेका हुन ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष समेत रहेका पीडितले यहि पुसको २२, २३ र २४ गते दाङमा पहिलो पटक राष्ट्रियस्तरको बुद्ध–सरयू चलचित्र महोत्सव गर्दैछन । नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष समेत रहेका उनले यहि पुसको २२, २३ र २४ गते दाङमा पहिलो पटक राष्ट्रियस्तरको बुद्ध–सरयू चलचित्र महोत्सव गर्ने तयारी गरिरहेका छन ।

राष्ट्रियस्तरका कलाकारहरुलाई दाङ ल्याएर फिल्म सम्वन्धी बृह्त छलफल गर्ने गरि तयारी गरिएको महोत्सवलाई उपमहानगरपालिकले २५ हजार रुपैयाँ मात्र सहयोग गर्ने भएपछि पीडित असन्तुष्ट भएका छन । विगत लामो समयदेखि सञ्चारसँगै कला तथा अभिनयका क्षेक्रमा क्रियाशील पीडितले भूइयार, लावाजुनीलगायतका चलचित्र निर्माणसँगै निर्देशन समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*