Home / Feature Breaking news / ठूलो वर्षाको सम्भावना सकियो, भोलिबाट मौसम सामान्य

ठूलो वर्षाको सम्भावना सकियो, भोलिबाट मौसम सामान्य

मौसम पूर्वानुमान महाशाखाले मंगलबारबाट ठूलो वर्षाको सम्भावना सकिएको जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा रहेको भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यूनचापीय प्रणालीहरू र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कम भएसँगै मौसममा क्रमिक सुधार आएको हो।

महाशाखाका मौसमविद् राजु प्रधानांगले लगातार रूपमा हुँदै आएको वर्षाको मात्रा घट्दै गएको जानकारी दिए। ‘आजसम्म अलिकति ठूलो वर्षाको सम्भावना छ। आज राति प्रदेश १ तिर वर्षाको सम्भावना छ। भोलिबाट मौसम सामान्य अवस्थामा फर्कन्छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘भोलिबाट अहिले सक्रिय रहेका दुईवटै प्रणालीहरू नेपालबाट हटिसक्छ।’

महाशाखाले मंगलबार पछिल्लो तीन दिनको मौसम पूर्वानुमानसमेत गरेको छ। पूर्वानुमानअनुसार भोलिबाट मौसममा सुधार देखिनेछ। यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः

बुधबार
बुधबार दिउँसो प्रदेश १, २ र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना छ। प्रदेश १ का थोरै र  प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बुधबार राति प्रदेश १, २ र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।  प्रदेश १ र  प्रदेश २ का थोरै स्थानहरूका साथै बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरूका हल्का हिमपातको समेत सम्भावना छ। प्रदेश १ को एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहीबार
बिहीबार दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरूका साथै बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार
शुक्रबार दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*