Home / Feature Breaking news / नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : महासचिव पोखरेल

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : महासचिव पोखरेल

काठमाडौं,११ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् ।

आइतबार शुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण पार्टी एकता जोगाउन नसकेको बताए ।

‘नेकपालाई रक्षा गर्न सकेनौं । किन गर्न सकेनौं ? कसैले कसैलाई दोष दिएर उम्कन सकिन्छ ? किनकी हामी हाम्रा मान्यताहरुमा, लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सकेका छैनौं,’ उनले अघि भने, ‘हामी कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिाका कारण महान उद्देश्यहरुमा पछाडि परेका छौं ।’

यद्यपि एमाले र माओवादीको एकताका लागि आफूहरुले गरेको प्रयास इमान्दार भएको उनले बताए । पोखरेलले भने, ‘नेकपा गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो, तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’

एमाले महासचिव पोखरेलले माओवादीतर्फ इंगित गर्दै आजको परिर्वतनलाई कुनै दल विशेषको उपलब्धीका रुपमा चित्रण गर्नु इतिहासप्रति अन्याय हुने बताए । यो सामूहिकताको परिणाम भएको बताए ।

यसलाई कुनै दल विशेषको भन्दा आफूले आफैंलाई च्याम्पियन माने पनि यसलाई संस्थागत गर्न नसक्ने उनले बताए । माओवादी केन्द्रले गणतन्त्र, संघीयता, धर्म निपरेक्षता, समानुपातिक समावेशी लगायतका परिर्वतन आफ्नो उपलब्धी भएको दाबी गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*