Home / Feature Breaking news / स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनिति नगर्न सत्तारुढ दललाई कांग्रेसको आग्रह

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राजनिति नगर्न सत्तारुढ दललाई कांग्रेसको आग्रह

घोराही, ९ वैशाख
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती उपक्षेत्रीय अस्पतालबीचको विवाद तत्काल समाधान गरेर अगाडी बढ्न कांग्रेस दाङ क्षेत्र नम्बर २ र ३ ले माग गरेका छन् ।

कांग्रेस दाङ क्षेत्र नम्बर २ र ३ को आज आईतवार घोराहीमा छुट्टाछुट्टै बसेको बैठकले अस्पताल र प्रतिक्ष्ठानबिचको विवादलाई तत्काल समाधान गरि अगाडी बढ्न माग गरेका हुन् । राजनितिक स्वार्थकालागि स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सत्तारुढ दल र दलका व्यक्तीहरुले अन्योलमा पार्ने प्रयास गरेको भन्दै कांग्रेस क्षेत्रीय समितिहरुले बैठकबाट निर्णय समेत गरेका छन् । साथै उनीहरुले स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा राजनिती नगर्न सत्तारुढ दलहरुलाई अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस साविक क्षेत्र नम्बर ३ को बैठकमा बोल्दै प्रतिनिधीसभा सदस्य अनिता देवकोटाले दंगाली एवं राप्तीबासीमाथी घात गर्ने अधिकार कुनै दल र व्यक्तीलाई नभएको बताउनुभयो । यस विषयमा अनेक चलखेल नगर्न एमाले र माओवादी पार्टिलाई चेतावनी दिनुभयो ।

स्वास्थ्य क्षेत्र सबैको आवश्यक र संवेदनशील क्षेत्र भएकाले जनताको अधिकारमाथी खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहज रुपमा सञ्चालन गरेर दाङलाई स्वास्थ्य क्षेत्रमा पाँच नम्बर प्रदेशको केन्द्रको रुपमा विकास गर्न सकिने देवकोटाको भनाई छ । उहाँले यस विषयमा आफूले संसदमा जोडदारका साथ कुरा राखेको भन्दै चाडै यसले निकास पाउने विश्वाव व्यक्त गर्नुभयो ।

क्षेत्रीय सभापति भुपबहादुर डाँगीको अध्यक्षता एवं प्रतिनीधी सभा सदस्य अनिता देवेकोटाको प्रमुख आतिथ्यमा बसेको बैठकले क्षेत्रीय समिति विस्तार गरेको छ । कांग्ेस विधान अनुसार क्षेत्र नम्बर ३ को सदस्यहरुमा घना डिसी, भिमा शाह, लीला नेपाली, पूर्णबहादुर राना, केशव केसी रहनुभएको छ ।

यस्तै वैठकले जेठको दोस्रो हप्तादेखी आफ्नो क्षेत्रका हरेक वडामासंगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै कांग्रेसका क्षेत्रीय प्रतिनीधी अब्दुल सलाम सारुफी (कल्लु)को निधनप्रति दुःख व्यक्त गरेको छ । बैठकको सहजिकरण क्षेत्रीय सचिव बद्रिकुमार खड्काले गर्नुभएको थियो ।
यस्तै कांग्रेस दाङ साविक क्षेत्र नम्बर २ को वैठकपनि आईतवार घोराहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति गिरिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले पनि सांगठनिक गतिविधीहरुलाई तीव्र बनाएर गाँउगाँउसम्म पुग्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*