Home / Feature Breaking news / विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षाको आवश्यकता : उपकुलपति लामिछाने

विश्व बजारमा प्रतिस्पर्धा गर्ने शिक्षाको आवश्यकता : उपकुलपति लामिछाने

दाङ,१२ चैत । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले विश्व बजारमा प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक रहेको बताएका छन् । दाङको घोराहीस्थित राजविद्या पाठशालाको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपकुलपति लामिछानेले अबको शिक्षा व्यवहारिक र स्वरोजगारमुखी हुन आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उपकुलपति लामिछानेले बालबालिकालाई संस्कारसहितको शिक्षा जरूरी रहेको बताए । ‘यी सानासाना बालबालिकाको प्रस्तुति, यीनका क्रियाकलापले शिक्षण सिकाइमा पृथकताको महशुस गरेको छु’,उनले भने,‘राजविद्या पाठशालाको शिक्षाले शैक्षिक गुणस्तरमा उपलब्धीको आशा गरेको छु ।’ उनले बालबालिकाको क्रियाकलापले आफुलाई लोभ्याएको भन्दै यो लोभले शैक्षिक उन्नयनमा आशा जगाएको बताए । विश्व बजारमा प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि तथा घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत नारायण पौडेलले बालबालिकाका लागि अभिभावकले समय दिन नसकेको बताउँदै अभिभावकले बालबालिकालाई प्रशस्त समय दिन जरूरी रहेको बताएका थिए । उनले बालबालिकालाई स्वभाव, व्यबहार, संस्कार सिकाउन जरूरी रहेको कुरामा बताउँदै बालबालिकालाई व्यवहारिक सिकाइमा जोड दिन सुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*