Home / समाचार / कांग्रेसका नेता बस्नेतको निधन

कांग्रेसका नेता बस्नेतको निधन

दाङ, २ जेठ ।

नेपाली कांग्रेसका पुराना नेता तथा प्रजातान्त्रिक योद्धा तेजबहादुर बस्नेतको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित वस्नेतको शुक्रवार आज विहान ६६ वर्षको उमेरमा काठमाडौमा निधन भएको हो ।

मृगौला रोगबाट पीडित वस्नेत नियमित डायलासिस गर्ने भएपछि काठमाडौमा बस्दै आएका थिए । शुक्रवार विहान ७ वजे बस्नेतको निधन भएको छोरा दिप बस्नेतले जानकारी दिएका छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका बस्नेत प्रजातन्त्रप्राप्तीका लागि लामो समय जेल र विभिन्न सयमा हिरासतमा समेत परेका थिए ।

नेपाली कांग्रेसवृत्तमा त्यागी नेताका रुपमा चिनिने वस्नेत कांग्रेसको महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि र पूर्व क्षेत्रिय सभापति समेत भएका थिए । उनको अन्तीम दाँहसंकार दाङको सितलपुरमा घाटमा गरिने पारिवारले जनाएको छ ।

बस्नेतको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त
नेपाली कांग्रेस दाङका नेता, पूर्व क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि तेज बहादुर बस्नेतको निधनप्रति नेपाली कांग्रेस दाङले दुःख व्यक्त गरेको छ ।

नेपाली कांंग्रेस दाङका सभापति किर्तीबहादुर खड्काले शुक्रवार एक प्रेस विज्ञप्ति निकाल्दै नेपाली कांग्रेसका जझारु तथा त्यागी नेताका रुपमा स्थापित बस्नेतको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गगरेका हुन ।
बस्नेतको निधनले पार्टीलाई अपरणिय क्षेती पुगेको भन्दै विज्ञप्तिमा दुःखको यस घडिमा ईश्वरले शोकाकुल परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*