Home / Feature Breaking news / ईनार सफा गर्दा निसासियर दुई जनाको मृत्यु

ईनार सफा गर्दा निसासियर दुई जनाको मृत्यु

दाङको तुलसीपुरमा रहेको दमार गाउँमा इनार सफा गर्न पसेका दुई जनाको निसासियर मृत्यु भएको छ । सफा गर्न इनारभित्र पसेका तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उहाँहरू बिहान १० बजेतिर इनारमा पसेको र भित्रै अचेत भएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरी पोस्ट दमार गाउँ, इलाका प्रहरी कार्यालय तुलसीपुर र नेपाली सेनाको अम्बापुर बेस क्याम्पको टोली उद्धारमा खटिएको थियो ।

इनारभित्रै फसेका दुई जनालाई उद्धारपछि तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । बिहान ११ बजेतिर अस्पताल पुर्‍याउनासाथ दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेकोे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक ँमप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*