घोराही, ५ भदौ
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी सहायक हवल्दार पवित्रा खड्का उत्कृष्ट प्रहरीको कर्मचारीको रुपमा सम्मानित हुनुभएको छ । नेपाल प्रहरी श्रीमति संघको ४० औँ बार्षिक उत्सवको अवसरमा खड्का सम्मानित हुनुभएको हो ।
मंगलवार काठमाडौँमा भएको बार्षिक उत्सवको अवसरमा प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरको उपस्थितिमा देशभरबाट उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा खड्कालाई सम्मान गरिएको थियो । हाल जिल्ला प्रहरी कार्यालय दाङको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत खड्का लामो समय सामुदायिक प्रहरी सेवा केन्द्रमा रहेर प्रहरी र समुदायको साझेदारी बलियो बनाउनकालागी काम गर्नुभएको थियो ।

हिंसामा परेका महिला बालबालिकाहरुको उद्धार तथा न्यायमा पहुँचलाई सुनिश्चित गराई समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत समुदायसँगको सहकार्यमा उत्कृष्ट प्रहरी सेवामाफृत आम नागरिकमा संगठनको गरिमा र विश्वनियता अभिवृद्धि गराउनुका साथै सरोकारवाला निकायहरुको सहकार्यमा हिंसा न्यूनिकरण तथा हिंसा पीडितहरुलाई न्याय र पीडकलाई कानुनी दायरामा ल्याउन गरेको उललेखनीय जिम्मेवारीको कदर स्वरुप सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ । खड्का यसअघी जिल्लामा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित हुनुभएको थियो ।
RaptiSandesh RaptiSandesh