Home / Feature Breaking news / व्यवसायीलाई कोरोना खोप लगाउने वातावरण मिलाउँदैछौ : अध्यक्ष खनाल

व्यवसायीलाई कोरोना खोप लगाउने वातावरण मिलाउँदैछौ : अध्यक्ष खनाल

शिव राज खनाल
दाङ, ४ साउन । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले सम्पुर्ण व्यवसायीलाई कोरोना खोप लगाउन पहल गरिरहेको बताएका छन । सोमबार उद्योग बाणिज्य संघको भवनमा पत्रकारहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन ।

‘ूलमही नगरपालिकाभित्रका सम्पूर्ण ब्यापार ब्यबसाय गर्दै आएकालाई सहजरुपमा खोप उपलब्ध गराउन हामी जिल्ला प्रसासन कार्यलयसंग पहल गरिरहेका छौ’–अध्यक्ष खनालले भने–‘चरण बद्ध रुपमा खोप पाउने प्रसासनबाट आश्वासन पाएका छौ । कोहि व्यापारी पनि नछुटाउने हाम्रो उदेश्य छ ।’

कोरोनाको दोस्रो भेरियट देखिएसंगै देउखुरी उद्योग बाणिज्य संघले अक्सिजन अभावमा देशभर संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परिरहेको भन्दै कोरोना आइसोलेसन सेन्टरमा रिफिल अक्सिजन सिलिण्डर उपलब्ध गराउने, फ्रन्ट लाइनमा काम गर्नेहरुको लागि रोग प्रतिरोधात्मन क्षेमता बढाउने भन्दै पौष्टिक आहार , मास्क ,सेनिटाइजर उपलब्ध गराउदै आएको थियो ।

गत साउन २ गते संघका अध्यक्ष खगेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको बैठकले जिल्ला प्रशासन कार्यालय दाङले उपलब्ध गराएको कोरोना विरुद्धको खोपलाई देउखुरी उद्योग वाणिज्य संघमा दर्ता भएका ४८ देखि ५० वर्षभित्रका ४५ जना ब्यापारीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने भनिएको थियो। भने ५ डोज खोप संघका कर्मचारीका लागि छुट्टाइएको थियो ।

‘उद्योग बाणिज्य संघलाई उपलब्ध ५० डोज खोप लगाएर सकिएको छ अब थप खोपका लागि उद्योग बाणिज्य संघ बाट पहल गरिरहेका छौ बिस्तारै सबै ब्यापारी माझ खोप पुराउने योजनामा छौ’– उपाध्यक्ष केशबराज पोख्रेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*