Home / Feature Breaking news / ‘लागूऔषध न्यूनीकरणका लागि निर्देशिकाअनुसार औषधि बेचौँ’

‘लागूऔषध न्यूनीकरणका लागि निर्देशिकाअनुसार औषधि बेचौँ’

दाङ, ५ दाङ । लागूऔषध दुव्यर्सनका रुपमा प्रयोग हुने औषधिहरुको बिक्री वितरणमा कडाइँ गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल औषधि व्यवसायी दाङले सोमवार घोराहीमा आयोजना गरेको लागूऔषध दुव्यर्सनी सम्बन्धी छलफल कार्यक्रममा लागूऔषध रहित परिवार र स्वच्छ समाज निर्माणका लागि लागुऔषध दुव्यर्सनीलाई घटाउनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । त्यसका लागि लागूऔषधको बिक्री वितरण निर्देशिका हेरेर मात्र गर्न सुझाव दिइएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मुकुन्दप्रसाद रिजालले लागूऔषध दुव्यर्सनीका रुपमा औषधिको समेत प्रयोग भइरहेको भन्दै यसलाई रोक्नका लागि व्यवसायीहरु सचेत हुनुपर्ने बताएका छन् । कहिलेकाहीँ सानो गल्तीले समाजमा ठूलो असर गर्ने भएकाले त्यसका लागि व्यवसायी सचेत हुनुपर्ने बताए । ‘व्यवसायीले गम्भीर रुपमा नसोच्दा समाजमा औषधि लागूऔषध रुपमा प्रयोग हुनसक्छ, त्यसले ठूलो असर पु¥याउन सक्छ’, प्रहरी नायव उपरीक्षक रिजालले भने– ‘त्यसका लागि व्यवसायीले व्यवसाय मात्र भनेर सोच्ने काम गर्नु भएन ।’ उनले लागूऔषधलाई न्यूनीकरण गर्नका लागि व्यवसायीहरु आफ्नो निर्देशिकाभन्दा बाहिर नजान समेत आग्रह गरेका थिए ।

प्रहरी नायव उपरीक्षक रिजालले व्यवसायीलाई पेशा र व्यवसायमा आँच आउने गरी व्यवसाय नगर्न आग्रह गरेका थिए । व्यवसायीसँगै सबैले प्रहरीलाई साथ दिए लागूऔषध निर्मूल पार्न नसकिए पनि न्यूनीकरण गर्न सकिने बताएका थिए । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्तासमेत रहेका रिजालले लागूऔषधका रुपमा प्रयोग हुने औषधिहरु बिक्री वितरण नगरेकै कारण व्यवसायीलाई हुने सुरक्षा थ्रेटकमा प्रहरीले सहयोग गर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्यले औषधि व्यवसायीहरुले लागूऔषधका रुपमा बिक्री हुने औषधिहरु बिक्री वितरण गर्दा ध्यान दिनुपर्ने बताए । लागूऔषधका रुपमा प्रयोग हुने कतिपय बिरामीका लागि समेत प्रयोग हुने औषधि भएकाले त्यस्ता औषधिहरु बिक्री गर्दा कस्ता व्यक्तिहरुलाई दिन उपयुक्त हुन्छ भनेर ख्याल गर्नुपर्ने उनले बताए ।

‘लागूऔषधका रुपमा प्रयोग हुने कतिपय औषधिहरु बिरामीका लागि समेत आवश्यक पर्ने औषधिहरु हुन्छन्, जुन औषधि अहिले लागूऔषध प्रयोगकर्ताहरुले प्रयोग गर्ने गरिएको पाइने गरेको छ’, प्रदेश संयोजक आचार्यले भने– ‘त्यस्ता औषधिहरु बिक्री गर्दा व्यवसायीहरु सचेत हुनुपर्छ । जसलाई पायो त्यसलाई दिने नगरौँ ।’ उनले यस्ता विषयमा व्यवसायीहरु सचेत भए पनि कतिपय व्यक्तिहरु औषधि र कानुनी ज्ञानको कमीका कारण पनि बिक्री गर्ने गरेको बताए ।

कार्यक्रममा केपी सुवेदीले औषधि व्यवसाय सेवामा आधारित व्यवसाय भएकाले औषधिहरु बिक्री वितरण गर्दा व्यवसायीहरु सचेत हुनुपर्ने बताए । उनले कुनै पनि व्यवसायीहरु लोभ र प्रलोभनमा लागेर भन्दा पनि सचेत बनेर व्यवसाय गर्न समेत आग्रह गरेका थिए । उनले सचेत गराउँदा–गराउँदै पनि बिक्री गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउनुपर्ने समेत बताए ।

‘औषधि जीवनदायी तत्व हो, बुझेर सेवन गर्दा जीवन बचाउँछ, नबुझ्दा त्यही औषधिले मानिसको ज्यान लिन्छ’, व्यवसायी सुवेदीले भने– ‘त्यसले गर्दा व्यवसायीले बुझेर नै बिक्री गर्नुपर्छ । जान्दा–जान्दै पनि लापरवाही गर्ने व्यवसायलाई छुट दिनुहँुदैन ।’ त्यसैगरी कार्यक्रममा प्रदीप योगीले व्यवसाय बढाउने नाममा समाजमा असर पु¥याउने औषधिहरु बिक्री गर्न नहुने बताएका थिए । उनले व्यवसायीहरुले डाक्टरको सल्लाहअनुसार औषधि दिनुपर्ने भन्दै कहिलेकाहीँ बाध्यतात्मक परिस्थितिमा दिएका औषधिलाई लिएर प्रशासनले पनि व्यवसायीलाई दुःख दिने काम गर्न नहुने बताएका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले लागूऔषध दुव्यर्सनीसँगै लागूऔषधका रुपमा प्रयोग हुने औषधिका बारेमा व्यवसायीसँगै नागरिकहरुलाई सचेत गराउने गरी कार्यक्रमहरुलाई बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा लागूऔषध दुव्र्यसनीका रुपमा प्रयोग हुने औषधिका बारेमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी गराएका थिए ।

कार्यक्रममा राजकुमार गुप्तालगायतका व्यवसायीहरुले बोलेका थिए । नेपाल औषधी व्यवसायी संघ दाङका अध्यक्ष बिष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव सुनिल रेग्मीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*