Home / समाचार / दाङमा ६ जना जुवाडे ५४ हजार सहित पक्राउ

दाङमा ६ जना जुवाडे ५४ हजार सहित पक्राउ

घोराही , ४ भदौ
दाङमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विषेश टोलीले जुवा खेल्दै गरेको अवस्थामा घोराहीको नयाँ बसपार्ककाे साईनाे हाेटलबाट आज अाईतवार उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेल्दै गरेको अवस्थामा होटेल सञ्चालक इश्वर कुँवर सहित ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रोल्पा कोर्चावाङ हाल घाेराहीका ३३ वर्षिय प्रेम बहादुर पुन, घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कका ३९ वर्षिय जीवन घर्ती, रोल्पा कोघाेराही हाल घोराही १४ का ३९ वर्षिय शान्त बहादुर पुन, रोल्पा रांसी हाल घोराही उपमहानगरपालिका १६ सर्राका २४ बर्षिय सन्दिप रोका मगर र रोल्पा भावाङ हाल घोराही उपमहानगरपालिका १४ पुरानो बसपार्क बस्ने २७ वर्षिय सन्तबहादुर घर्ति रहेको प्रहरीले जनाएको छ ।

यसैबिच घोराहीमा गुण्डागर्दी गरेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घोराही विभिन्न ठाँउमा गुण्डागर्दी गरिरहेको भन्दै ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*