Home / Feature Breaking news / बाढी र डुवानबाट दाङमा साढे २० करोडको क्षति

बाढी र डुवानबाट दाङमा साढे २० करोडको क्षति

घोराही, ४ भदौ ।
बाढी र डुवानका कारण दाङमा मानविय बाहेक अन्य गरि झण्डै साढे २० करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार समुदाय तथा व्यक्तिगत सम्पत्तीको अनुमानित क्षति बिबरण अनुसार २० करोड ४५ लाख ८० हजार ३ सय ५० रुपैयाँ बराबरको क्षति भएको हो ।

साउन २७ गते राती देखी चार दिन सम्म परेको अबिरल बर्षापछिको बाढी र डुवानले जिल्लामा घोराही, तुलसीपुर, लमही, दंगिशरण, बबई र राजपुर पालिकाका विभन्न वडामा जनधनको क्षति निम्त्याएको हो ।

बाढीले ३ सय ४५ विगाह खेति योग्य जग्गा कटान गर्दा, अन्नबाली बगाउदा, सडक तथा पुल भत्काउदा, बिद्यालयमा क्षति पुग्दा, माछा पोखरी बगाउदा कुखुराको फर्म बगाउदा, पशुचौपाया मर्दा र घाईते हुदा नोक्सानी भएको प्रारम्भिक विवरण संकलन भएको केन्द्रका सुचना अधिकृत खिलानाथ दाहालले जानकारी दिनुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*