Home / समाचार / सेवाग्राहीको मन जित्दै ‘एक कल समसया हल’

सेवाग्राहीको मन जित्दै ‘एक कल समसया हल’

घोराही, ८ वैशाख

कोरोना भाईरसको संक्रमण नफैलियास् भन्ने उद्धेश्यकासाथ नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा अत्यावश्यक सामानको होम डेलिभरी सेवा दिईरहेको ‘एक कल समस्या हल’ को सेवा प्रति घोराही बजारबासीहरुको विश्वस बढेको छ ।

93486374_266161974559716_1218918444523585536_n

दाङ चेम्बर अफ कमर्ससँगको समन्वयमा एक कल समस्या हलले अर्डरको आधारमा घरघरमा सामानहरु पु¥याएर सुविधा दिईरहेको छ । जसको सेवा प्रभावकारी भएको सेवाग्राहीहरुको भनाई छ । ‘एकदमै सजिलो भएको छ जे चाहिन्छ फोनग¥यो केही समयपछि सामान घरमै आईपुग्ने’ सेवाग्राही पंकज पुनले भने–‘लकडाउनको समयमा पनि यही एक कलको आधारमा कुनै पनि सामानको अभाव भएको छैन ।
आफै बजार गएर लिएझै सहज भएको छ ।’

उनी जस्तै सेवा लिने सेवाग्राहरु सन्तुष्ट देखिएको एक कल समसया हलका अमर अधिकारीले जानकारी दिनुभयो । ‘जतिले अहिलेसम्म सेवा लिनुभएको छ उहाँहरु सबै सन्तुष्ट नै हुनुहुन्छ, त्यस्तो गुनासो आएको छैन ।’ उनले भने ।

एक कल समस्या हलले घोराही मुख्य बजारको ६ किलोमिटरसम्मको दुरीमा होम डेलिभरी सेवा दिदै आएको छ । लकडाउनको समयमा करिब ५ सय घरलाई सेवा दिईएको भिउराज थापा मगरले जानकारी दिनुभयो । उहाँले सेवा लिनकालागि ९८०१३५३८८७ मा सम्पर्क गर्न पनि अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*