Home / Feature Breaking news / भुमिसुधार तथा व्यवस्था मन्त्री दहितद्धारा दाङका प्रजिअलाई दुव्र्यबहार

भुमिसुधार तथा व्यवस्था मन्त्री दहितद्धारा दाङका प्रजिअलाई दुव्र्यबहार

घोराही, ४ भदौ ।
भुमिसुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहितले दाङका प्रमुख जिल्ला अधिकारीलाई दुव्र्यबहार गरेका छन् । मन्त्री दहितले दाङ आउदा झण्डा भएको गाडीको व्यवस्था नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ माथी अपशब्द प्रयोग गर्दै दु्व्र्यवहार गरेका हुन् ।

दाङ र बाँकेको सिमानामा मन्त्री दहितलाई लिन गएका प्रमुख जिल्ला अधिकारी श्रेष्ठ सहित सुरक्षाकर्मीहरु माथी उनले गालिगलौज गर्दै दुव्र्यबहार गरेका हुन् ।

आफुले भने जस्तो झण्डावाल गाडीको व्यवस्था गर्न नसकेको भन्दै मन्त्री दहित प्रमुख जिल्ला अधिकारी माथी खनिएका थिए । हामी सँग भएको जस्तो गाडि थियो त्यही लगेका हौ तर उहाँलाई चित्त बुझेन प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो उहाँले जे भन्नुभयो हामी बोल्न मिल्दैन ।

मन्त्री दहितले आज घोराहीमा आयोजना गरिएको मुक्त कमलरीहरुलाई परिचय पत्र दिने कार्यक्रममा पनि प्रमुख जिल्ला अधिकारीलाई गाली गरे । मन्त्रीको सम्मान गर्न नजानेको र गाडीको व्यवस्था गर्न नसकेको भन्दै सार्वजनिक कार्यक्रममै गालीगलौजमा उत्रिएका हुन् । मन्त्रीको व्यवहार प्रति सर्बत्र आलोचना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*