Home / Feature Breaking news / पुलिसले आर्मीलाई हराउदै चुम्यो राष्ट्रिय च्याम्पियनशिपको उपाधी

पुलिसले आर्मीलाई हराउदै चुम्यो राष्ट्रिय च्याम्पियनशिपको उपाधी

दाङ, ६ माघ
दाङको घोराहीमा सञ्चालित परिषद कप २८ औँ राष्ट्रिय च्याम्पियनशिपको पुरुष फुटवल प्रतियोगिता–२०७४ को उपाधि नेपाल पुलिस क्लवको विभागीय टिमले हात पारेको छ ।

शनिवार घोराहीको भरतपुर मैदानमा भएको फाइनल खेलमा प्रतिवन्द्धी नेपाल आर्मीको विभागीय क्लव त्रिभुवन आर्मीलाई हराउदै पुलिसले उपाधि चुमेको थियो । खेलमा पराजित भएसँगै त्रिभुवन आर्मी च्याम्पियनशिलको दोश्रो भएको छ ।

IMG_4162

निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि टाईबेक्ररमा पुलिस बिजयी भएको हो । पुलिसको बिजयीका लागि खेलाडीहरु सुमन लामार्, बुद्ध लामा, तेज तामाङ, निदेश राजवंशी र निरकुमार राईले गोल गरेका थिए ।

आर्मी क्लवका तर्फवाट खेलाडीहरु ३० नं. जर्सी जर्जप्रिन्स कार्की,हिरन्य मगर,विवेक बस्नेत,रुपेश केसीले गोल गरेका थिए । ट्राईबेक्ररमा त्रिभुवन आर्मीका खेलाडी राजिव गुरुङ गोल गर्न चुकेपछि पुलिस बिजयी भएको हो ।

त्यस्तै प्रतियोगितामा सशस्त्र प्रहरीको विभागीय टिम (एपिएफ) तेश्रो भएको छ । तेश्रोका लागि सुदुरपश्चिमाञ्चल क्षेत्रीय टिमसँग भएको खेलमा एपिएफ बिजयी भएको हो निर्धारित समयमा दुवै टिमले बराबर २ ्र२ दुई गोल गरेपछि टाईबेक्ररमा पुगेको थियो ।

टाईबेक्ररमा एफिएफका आशिष लामा,सन्तोष कटुवाल,मनबहादुर राना र सुमित आलेले गोल गरेपनि एपिएफकै दिपक खड्काको गोललाई गोलकिपरले रोकिदिएका थिए ।

त्यस्तै सुदुरपश्चिमाञ्चल क्षेत्रीय टिमका तर्फवाट पाँच खेलाडीहरु मध्य राकेश हमाल,सुनिल दामी,कृष्ण कठायत,राजेन्द्र ठकुन्ना र मनिराम चौधरीले ट्राईबेक्ररको मौका पाएपनि कृष्ण कठायत र मनिराम चौधरीले गोल गर्न नसकेपछि सुदुरपश्चिमाञ्चलले हारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*