दाङ ११,असोज । दाङको तुलसीपुरबाट प्रहरीले शनिवार बेलुकी जुवा खेलिरहेको अवस्थामा नगद करिव एक लाख सहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जुवा खेलीरहेको भन्ने गोप्य सूचना पाएपछि गएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालीका वडा नं.६ स्थित भ्यार थान बस्ने कुमार सुनारको घरबाट ९८ हजार ९ सय ५० रुपैया सहित १३ जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।
सुनारको घरको कोठामा अवैध रुपमा पैसाको हार जित हुने गरी जुवा तास खेली राखेका छन भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ तथा इलाका कार्यालयबाट गएको प्रहरी टोलीले जुवाको खालबाट नगद .९८ हजार ९ सय ५० रुपैया सहित नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रंगको तास ३ गड्डी फेला पारी बरामद गरेको छ ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उप(महानगरपालिका वडा नं.६ का रोशन बुढाथोकी, भरत बिक, हेमन्त शाही, को सुशील वली, कुमार सुनार, ओम बहादुर बुढामगर, प्रेम बहादुर सुनार र टंक बहादुर सुनार, घोराही उ.म.न.पा.१३ का माल बहादुर वली, केशव डांगी र अर्जुन पुन र बाँके कोहलपुर नगरपालिकाका घर्मराज बुढाथोकी र दिपक वली रहेको प्रहरीले जनाएको छ
RaptiSandesh RaptiSandesh