Home / Feature Breaking news / क्वारेन्टाइनमा बसेकालाई फलफुल

क्वारेन्टाइनमा बसेकालाई फलफुल

दाङ,१२ असोज । रोल्पाको होलेरीमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई फलफुल वितरण गरिएको छ ।

अष्टेलियन एडको आर्थिक सहयोग तथा आड्रा नेपालद्वारा रुपान्तरण र ग्रामीण विकास तथा चेतना समाज नेपाल रोल्पाद्वारा सञ्चालित कृषि तथा जीविकोपार्जन प्रवद्र्वन परियोजना अन्तर्गत रुन्टिगढी गाउँपालिका–६ होलेरी क्वारेन्टाईनमा रहेका व्यक्तिहरुलाई फलफुल वितरण गरिको गरेको हो ।

गाउँपालिका प्रवक्ता जगतवहादुर घर्ति मगर र होलेरी वजार व्यवस्थापन समितिका अध्यक्ष भुपाल वस्नेत तथा हेल्थ पोष्ट असिस्टेन्ट देवराज आचार्यको उपस्तीथिमा ४१ औ सामाजिक सेवा दिवस (सप्ताहव्यापी) को अवसरमा क्वारेन्टाईनमा रहेका २० जना व्यक्तिहरुलाई फलफुल वितरण गरिएको हो ।

फलफुल वितरण कार्यक्रमको सहजीकरण परियोजना फिल्ड सहजकर्ता मदन घर्ति मगरले सहजिकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*