Home / Feature Breaking news / लायन्स क्लव राप्ती इञ्जिनियरिङद्वारा रक्तदान

लायन्स क्लव राप्ती इञ्जिनियरिङद्वारा रक्तदान

घोराही,१३ असोज । जिल्लामा रगतको अभाव कमगर्नका लागि लायन्स क्लव राप्ती इञ्जिनियरिङ दाङको आयोजनामा मंगलबार रक्तदान गरियो ।

क्लवका अध्यक्ष भिमसेन गिरीको अध्यक्षता तथा लायन्स क्लव ३२५ वि टु एरिया नं. ५ का एरिया चिफ लायन युवराज थपलिया र एरिया नं. ५ का इभ्यालुसन हेड लायन लव अधिकारीको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम भएको थियो ।

घोराहीमा रहेको रक्त सञ्चार केन्द्रमा आयोजित कार्यक्रममा सात जनाले रक्तदान गर्नुभएको थियो । जसमा क्लवका अध्यक्ष भिमसेन गिरी, क्लवका सचिव तथा राप्ती पोष्ट दैनिकका सम्पादक÷प्रकाशक शरद अधिकारी, कर्णबहादुर पुन, युवराज केसी, सुरेन्द्र भारती, सुवेन्द्र चौधरी र समिरजंग चौधरीले रक्तदान गर्नुभएको थियो ।

विभिन्न सामाजिक काम गर्दै आइरहेको लायन्स क्लवले रक्तदान लगायतका कार्यक्रम गर्दै आइरहेको छ । लायन्स क्लव राप्ती इञ्जिनियरिङका अध्यक्ष गिरीले रक्तदान गरी सहयोग गर्ने सवैमा आभार व्यक्त गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*