Home / Feature Breaking news / लुम्बिनीमा गणतन्त्र दिवस : ‘पूण अधिकार नआउँदा चुनौति थपिएको छ’- मुख्यमन्त्री

लुम्बिनीमा गणतन्त्र दिवस : ‘पूण अधिकार नआउँदा चुनौति थपिएको छ’- मुख्यमन्त्री

दाङ, १५ जेठ ।

लुम्बिनी प्रदेशले एक समारोहको आयोजना गरेर १६ औ गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको छ । प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिनसम्म औपचारिक कार्यक्रम गरेर मनाइरहेको छ । आइतबार सांस्कृतिक कार्यक्रम र प्रतियोगिता गरेको प्रदेश सरकारले सोमबार मूल समारोह आयोजना गरि दिवस मनायो । भने मंगलबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ ।

मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभामुख, मन्त्रीहरु, सचिव, कर्मचारी, अन्य निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अधिकार प्राप्तीको लडाइ भइरहेको बताए । उनले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोके अनुसारको अधिकार दिन नसकेको भन्दै प्रदेश सरकारमा पूण अधिकार नआउँदासम्ममा गणतन्त्र संस्थागतमा चुनौति थपिइरहेको बताए ।

कुनै न कुनै अधिकार दिन कन्जुस्याइँ गरेको जसले गर्दा गणतन्त्र संस्थागत हुन चुनौती थपिएको बताएका छन । अहिले पनि तहगत रुपमा संविधानले तोकेको अधिकारहरु प्राप्त हुन नसकेको भन्दै मुख्यमन्त्रीले गणतन्त्र संस्थागत हुन नसक्ने, जनताको अपेक्षा पूरा गर्न नसकिने, आ–आफ्नो दायित्व पूरा गर्न नसक्ने जस्ता समस्या देखिएको औँल्याए । साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तीन तहकै सरकार जिम्मेवार बन्नु पर्ने बताए । अधिकार बाँडफाँडमा केन्द्र सरकारले हस्तक्षेप गर्न भएन । अधिकारहरू प्रदेशमा दिन म ध्यानाकर्षण गराउँदछु । गणतन्त्रको उपलब्धीलाई तल्लो तहसम्म पु¥याउन छ । अनिमात्र गणतन्त्रामा सबैको अपनत्व बढ्छ । प्रदेश सरकार यसलाई ध्यानमा राखेर कार्यक्रम बनाउँछौँ, मुख्यमन्त्री चौधरीले भने ।

आन्तरिक मामिला कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले गणतन्त्र चन्दा चिठ्ठा र दानमा प्राप्त नभएको भन्दै यसमो महत्व ठूलो रहेको बताए । कार्यक्रमममा विभिन्न प्रतियोगितामा सहभागि र विजेता टोलीलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*