Home / Feature Breaking news / चौघेरादेखी भारतको पाटनसम्मको ऐतिहासिक पदयात्रा हुने

चौघेरादेखी भारतको पाटनसम्मको ऐतिहासिक पदयात्रा हुने

असोज, ७ गते ।
परापुर्ब काल देखि हुदै आएको गोरक्षपात्र देबता सिद्ध रत्ननाथ देबि पाटन यात्रालाई यो बर्ष भब्य रुपमा मनाईने भएको छ । लुम्बीनी प्रदेश सरकारको बिशेष पहलमा यो बर्ष एतिहासिक सिद्ध रत्ननाथ देबी पाटन महायात्रा हुने भएको छ । आगामी चैत्र महीनामा हुने यात्राको प्रारम्भिक तयारी सुरु गरिएको छ । दाङको घोराही उपमहानगरपालिका १७ चौघेरामा अवस्थित गोरक्षपात्र देवता सिद्ध रत्न नाथ र भारतको देबिपाटन बिचको एतिहासिक सम्बन्ध , नेपाल र भारत बीचको धार्मिक र सांस्कृतिक महत्वको बारेमा जागरण फैलाउनुका साथै धार्मिक सद्भाव र दुई देश बिचको एतिहासिक र सास्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन यो बर्ष महायात्राको आयोजना गर्न थालिएको आयोजक समितिका सदस्य सचिव डाक्टर गोविन्द आचार्यले जानकारी दिनु भयो ।

यो महायात्रालाई लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरबको योजनाको रुपमा अघि सारेको छ । गत भदौ १४ गते सिद्ध रत्न नाथ मन्दीर चौघेरामा लुम्बिीनी प्रदेशका मुख्य मन्त्रि डिल्लीबहादुर चौधरीको बिशेष उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो । महायात्रालाई व्यवस्थित प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी संरक्षकत्व रहने गरि ७५ सदस्यिय मुल आयोजक समिति गठन गरिएको छ । जसमा दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद, मन्त्री, प्रदेश सरकारका मन्त्री एवं सासद र अन्य विज्ञ बौद्धिक व्यक्तीत्वहरुलाई सल्लाहकार सदस्य चयन गरिएको छ । सल्लाहकार हरुमा सुचना प्रविधी तथा सञ्चार मन्त्री रेखा शर्मा, पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलसहित सांसदहरु मेटमणी चौधरी, मेनका पोख्रल सहित रहनु भएको छ ।

त्यसैगरी प्रदेश सरकारका मन्त्री तथा सांसद र स्थानीय सरकारका प्रमुखहरुलाई पनि सल्लाहकार समितिमा चयन गरिएको छ । प्रत्यक बर्ष फागुन महीनाको एकादशीमा नयाँ पीर फेरिने र फागु पूर्णीमाको मध्यरातमा सिद्ध रत्ननाथ मन्दीरबाट पात्रदेबता लिएर भारतको देविपाटनको यात्रा लाग्ने चलन छ । सोही चलन अनुसार यो बर्ष मुख्य मन्त्री डिल्ली बहादुर चौधरीको उपस्थितिमा पांच सय बढीको सहभागितामा महापदयात्रा गरीने भएको हो ।

यसैबिच आज शनिबार गोरक्षपात्र देबता सिद्धरत्ननाथ मठका मठाधिश योगी ब्रम्हनाथको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न उपसमितिहरु गठन गरेको छ ।जस अन्र्तगत बल देब योगीको संयोजकत्वमा अर्थ ब्यबस्थापन उपसमिति, हिरानाथ योगीको सयोजकत्वमा यातायात ब्यबस्थापन उप समिति, तोयनाथ योगीको सयोजकत्वमा झाँकी ब्यबस्थापन उपसमिति र प्रकाश योगीको संयोजकत्वमा स्वास्थय स्वयम सेबक उपसमिति गठन गरिएको छ । त्यसै गरि सितल भुसालको संयोजकत्वमा भोजन आबास उपसमिति, लिला शाहको सयोजकत्वमा प्रचार प्रसार उपसमिति, बल देब यागीको सयोजकत्वमा सरसफाई र्ममत सुधार उपसमिति र सुरेस योगीको अध्यक्षतामा स्वयम्सेवक उपसमिति गठन गरिएको छ ।

त्यसै गरि प्राध्यापक डाक्टर शिब कुमार सुबेदीको संयोजकत्वमा अध्यन सम्पादन तथा प्रकाशन उपसमिति र डाक्टर भोलानाथ योगीको सयोजकत्वमा अतिथि सतकार उपसमिति गठन गरिएको छ भने मोहन योगीको संयोजकत्वमा भजन मन्डली उपसमिति गठन गरिएको छ । बैठक पछि आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले धार्मिक सद्भाव बढाउन र एतिहासिक सम्पदा र सस्कृतिको जगेर्नाका लागी महायात्रा कार्यक्रम निकै लाभदायि हुने बताउनु भएको थियो ।

कार्यक्रममा डा. भोलानाथ योगी, नारायणनाथ योगी, लमही नगरपालिकाका उप प्रमुख लक्ष्मी योगी, घोराही उपमहानगरपालिकाकका उप प्रमुख हुमा डिसी लगाएतले बोलनु भएको थियो । नेपालमा भारतको अयोध्याबाट बिबाह पचमीका लागी भारतियहरु नेपाल आउने र नेपालको दाङमा रहेको सिद्धरत्ननाथ मन्दीरबाट गोरक्ष पात्रदेबता लिएर भारतको देबिपाटन जाने सदियौ पुरानो चलन हो यस किसिमको परम्पराले नेपाल र भारतबिचको सास्कृतिक र धार्मिक सम्बन्ध निकै पुरानो रहेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*