Home / Feature Breaking news / विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष

विवाह खर्च कटाएर विद्यालयमा अक्षयकोष

दाङ, ६ असाेज

दाङमा एक जोडीले विवाहको अवसरमा अक्षयकोष स्थापना गर्ने भएका छन् । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं १ स्युजा निवासी गणेश विश्वकर्मा र पवित्र राईले आफूहरुको विवाहको उपलक्ष्यमा बंगलाचुलि गाउँपालिका वडा नं १ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालय स्युजामा रु ५० हजार राशिको अक्षय कोष स्थापना गर्नुहुने भएको छ।

आफूले अध्ययन गरेको स्थानीय विद्यालयको वार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक एक जना छात्र, छात्रालाई प्रत्येक वर्ष जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने गरी पढाइमा थप प्रेरणा तथा सहयोग मिलोस् भन्ने उद्देश्यका साथ आफूहरुले अक्षय कोषको स्थापना गर्न लागेको नव विवाहित जोडीले बताउनुभयो ।

समाजमा सुधार र परिवर्तनको सुरुवात आफैबाट गर्ने भन्दै उहाँहरूले विवाहमा हुने खर्च कटौती गरेर गणेश पवित्र वैवाहिक अक्षयकोष खडा गर्न लागेको बताउनुभयो । उहाँहरुको यो विवाह अन्तर्जातीय विवाह समेत हो उहाँहरूले भर्खरै मात्र दाङ्ग जिल्ला अदालतबाट अदालती बिबाह गर्नुभएको छ । उहाँहरूले दुवैजनाको परिवारकै सहमतिमा अन्तरजातीय विवाह गरेको बताउनुभयो । कुनैपनि प्रकारको परम्परागत धार्मिक रितिथिति भन्दा पर रही परम्परादेखि गरिँदै आएको विवाहमा गरिने खर्चलाई सामाजिक कार्यमा लगानी गर्दै वैवाहिक सम्बन्धलाई गौरवपूर्ण इतिहासको रुपमा विकास गर्न अदालतिय विवाह गरेको उहाँहरुको भनाई छ ।

कुनैपनि प्रकारको परम्परागत धार्मिक रितिथीती भन्दा प्रगतिशील संस्कारलाई अवलम्बन गरेर जाने भन्दै समाजलाई पनि त्यसमा केन्द्रित गर्दै समाजमा नयाँ सन्देश दिने विश्वकर्माको भनाई छ । विश्वकर्मा हाल बंगलाचुली गाउँकापालिकाको गाउँकार्यपालिका सदस्य, दलित अधिकारकर्मी , सामाजीक अभियान्ता एवं नेपाली कांग्रेस दाङ्गको युवा नेता पनि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*