लक्ष्मण बस्नेत
तुलसीपुर, २८ माघ । दाङको तुलसीपुरमा जारी स्वर्गिय राजकुमार श्रेष्ठ स्मृति टि–२० क्रिकेट प्रतियोगिता २०७५ मा डिभाईन टेम्पल एकाडेमी तुलसीपुर र राप्ती बाल एकाडेमी तुलसीपुरले विजयी यात्रा सुरु गरेका छन ।
रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा संचालित प्रतियोगितामा तुलसी माबि तुलसीपुरलाई ३ विकेटले पराजीत गर्दै डिभाईन टेम्पल एकाडेमीले विजयी यात्रा सुरु ग¥यो भने आईडियललाई ८ विकेटको फराकिलो अन्तरले पराजीत गर्दै राप्ति बाल एकाडेमीले विजयी यात्रा सुरु गरेको हो ।
टस जितेर व्याटिङ गर्न खेल मैदानमा उत्रिएको तुलसी माबिले दिएको ७० रनको बिजयी लक्ष्य डिभाइनले १२ दशमलव १ ओभरमा हासिल गरेको थियो । जसमा डिभाइनका रोषण रेग्मी र सुमन के।सी।ले क्रमशः १७ र १३ रनको योगदान दिए । वलिङ तर्फ तुलसी माबिका सुमित वि।सीले ३ विकेट लिए ।
टस जितेर व्याटिङ रोजेको तुलसी माबिका तर्फबाट सुमित वि।सीले १९ रनको योगदान दिए भने वलिङ तर्फ डिभाइनका हरि वलीले सर्वाधिक ३ विकेट र प्रविन बस्नेतले २ विकेट लिन सफल भए । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने डिभाइनका हरि वली म्यान अफ द म्याच घोषित भए । यसैविच टस जितेर व्याटिङ रोजेको आइडियलले दिएको ६० रनको विजयी लक्ष्य राप्ति बालले ६ ओभरमा आफ्ना २ विकेटको क्षेतीमा पुरा गरेको थियो । जसमा तिलक डाँगी र दिनेश डाँगीले क्रमशः २८ र १० रनको योगदान दिए । वलिङ तर्फ स्वष्तीक आचार्य र लक्ष्मण बरालले समान १÷१ विकेट लिए । आइडियलका करण चौधरी १४ रन जोडे भने अन्य व्याट्म्यानले डबल फिगर बनाउन सकेनन् ।
बलिङमा राप्तीका ईश्वर महतराले सर्वाधिक ४, दिनेश डाँगी ३, किरण डाँगी र विशाल केसीले समान १÷१ विकेट लिए । खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने राप्ति बालका इश्वर महतरा म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत मंगलबार विहान ८ वजेको पहिलो खेलमा ज्ञानज्योती माबि तुलसीपुर र त्रिदेव बोर्डिङ स्कुल भिड्नेछन भने दिउसो १ बजे हुने दोश्रो खेलमा हिमाल एकाडेमी र गोरखा माबि तुलसीपुर विच क्वाटर फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।
विद्यालय स्तरमा क्रिकेट खेलको पहुँच अभिवृद्धी गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा विजेता हुने टिमले नगद ३० हजार ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले नगद २० हजार ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी मध्यबाट बेष्ट व्याट्म्यान,वेष्ट बलर,वेष्ट फिल्डर, म्यान अफ सिरीज र राइजिङ प्लेयर लगाएतका विद्यामा पुरस्कृत गरिने रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष रुपेश शर्माले जानकारी दिएका छन । फागुन ४ गते सम्म चल्ने प्रतियोगितामा तुलसीपुर क्षेत्रका १२ विद्यालयको सहभागिता रहेको छ ।