Home / Feature Breaking news / औद्योगिक क्षेत्रको संभाव्यता अध्ययन शुरु

औद्योगिक क्षेत्रको संभाव्यता अध्ययन शुरु

अमरराज आचार्य
दाङ, १८ माघ । घोराही उप महानगरपालिका वडा नम्वर ३ र ५मा स्थापना हुने औद्योगिक क्षेत्रको प्रारम्भिक अध्ययन शुरु गरिएको छ । यस क्षेत्रमा संभाव्यता अध्ययनका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रतिवेदन तयार गर्नका लागि वि डी ए, ए डि ए एम सि जे भि कम्पनीलाई जिम्मा दिएको छ ।
उक्त कम्पनीले तयार बनाएको प्रतिवेदन अनुसार अगाडि वढने छ । उक्त कम्पनीका प्रतिनिधिहरु जिल्लामा आएर संभाव्यता अध्ययन शुरु गरेका हुन् । दाङ उद्योग वाणिज्य संघको पहलमा वुधवार घोराहीमा आयोजना गरेको सर्वदलीय सर्वपक्षीय वैठकवाट अध्ययनका लागि अनुमती दिएसंगै उक्त टोलीले अध्ययन शुरु गरेको हो । कम्पनीका प्रतिनिधि इन्जीनियर प्रेमगोपाल श्रेष्ठले अहिले औद्योगिक क्षेत्रको प्रारम्भिक अध्ययन शुरु गरेको बताए ।

प्रारम्भिक अध्ययनका गरेर आफुहरु फर्कने बताए । ‘हामीले प्राम्भिक अध्ययन सके पछि २÷३ हप्ताभित्र विशिष्ज्ञ सहितको टोली दाङ आउने छ’ श्रेष्ठले भने । विज्ञ सहितको टोलीले कस्ता उद्योगहरु राख्ने, कसरी राख्ने जस्ता विषमा अध्ययन गर्ने उनले बताए । उनका अनुसार अहिलेको टोलिले जिल्लामा काम गर्ने वातावरण रहेको छ कि नाई र औद्योगिक क्षेत्र वनाउने स्थलको अध्ययन गर्ने श्रेष्ठले बताए । उक्त क्षेत्रमा ३ सय ७१ हेक्टर जमीनको अध्ययन गर्ने श्रेष्ठले बताए ।

सरकारले औद्योगिक क्षेत्र स्थापना गर्नेका लागि संम्भाव्यता अध्ययनका लागि १७ लाख ९० हजार रकम विनियोजन गरिसकेको छ । अध्ययन शुरु भएसंगै औद्योगिक क्षेत्र स्थापना गर्ने प्रक्रिया समेत अगाडि वढेको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । ‘यस कार्यका लागि सवै क्षेत्रको सकारात्कम सहयोग रहेको छ ’ अध्यक्ष भुसालले भने । औद्योगिक क्षेत्र स्थापना गर्ने अवसरको रुपमा रहेको बताए । छलफल कार्यक्रममा प्रदेश सभाका सदस्य अमरवहादुर डाँगीले दिर्घकालीन सोचका साथ अगाडि वढाउनु पर्ने बताए ।

उनले वातावरण प्रदुर्षण नहुने उद्योगहरु स्थापना गरिनुपर्ने बताए । त्यसकालागि सर्वपक्षीयको सहयोग आवश्यक रहनुपर्ने बताए । जिल्ला समन्यव समितिका प्रमुख जितेन्द्रमान नेपालीले औद्योगिक क्षेत्र स्थापना गर्नेका लागि व्यवस्थित गरेर अगाडि वढनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*