Home / Feature Breaking news / फुलवारीका बाढी पीडितलाई बाख्रा

फुलवारीका बाढी पीडितलाई बाख्रा

जनक नेपाली
दाङ १८, माघ ।
तुलसीपुर उपमहानगरपालिका १३ स्थित मजघटुवाका बाढी पीडितहरुलाई बाख्रा वितरण गरिएको छ । काठमाण्डौमा रहेको टेवा संस्थाको आर्थिक सहयोग एवं दलित महिला एकता केन्द्र दाङको संयुक्त आयोजना बाख्रा वितरण गरिएको हो ।

गत साउँन २७ आएको बाढीले घरबाँस बगाउँदा बिचल्ली परेका स्थानियहरुको आयआर्जनका लागि बाख्रा वितरण गरिएको दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मला कुमारी गुप्ताले जानकारी दिनुभयो । विपन्न १९ घर दलित परिवारलाई प्रति परिवार एक ÷ एक वटा बाख्रा वितरण गरिएको गुप्ताले जानकारी दिनुभयो ।

आर्थिक अबस्था कमजोर हुदा दैनिक समस्यामा परेका बाढी पीडितहरुलाई आय आर्जनका लागि सहयोग पु¥र्याउँने उहाँको भनाई छ । बाढी पीडित नरबहादुर विक, कल्पना बिक, रमेश बिक, मिना विक, करुणा विक, राजकुमारी बिक, लक्ष्मी विकलाई बाख्रा प्रदान गरिएको थियो ।

यस्तै सुमित्रा दमाई, देबबहादुर दमाई, सरिता विक, रीमा विक, जितराम विक, चन्द्रवीर विक, भोलाप्रसाद विक, धनबहादुर विक, संजय विक, पार्वति विक, राजु विक, र भुमा विकलाई बाख्रा प्रदान गरिहेको थियो । सगरमाथा बाढी पीडित समुहका अध्यक्ष नरबहादुर बिक दलित महिला एकता केन्द्रका अध्यक्ष निर्मलकुमारी गुप्ता उपाध्यक्ष मिना नेपालीले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । त्यस अबसरमा बोल्दै बाढी पीडितहरुले आय आर्जनका लागि यसले सहयोग गर्ने उल्लेख बताएका थिए ।

बाढीले घर बगाउँदा विस्थापित बनेका सबै त्रिपाल मुनी गुजारा गर्दै आएका छन् । घर बनाउँन नस्कदा कतिपय बाढी पिडित अहिले आफन्तको बस्दै आएका छन । । घर भत्किएको ७ महिना पुगेपनि हाल सम्म कुनै निकायले घर निर्माणका लागि पहल नगरेको उनिहरुको दुखेसो व्यक्त गरेका थिए ।

आम्दानीको श्रोत नहुदा कतिपय बाढी पीडित ज्याला मजदुरी र संगै भारतका विभिन्न क्षेत्रमा काम गर्न जानु पर्ने बाध्यता भएको बताउँदै बाख्राले थोरै पनि परिवारको पालन पोषणमा सहयोग पुग्ने बाढी पीडित करुणा विकले बताउनुभयो । घरभित्र रहेका सबै सम्पति बाढीले बगाएर लग्यो घर बनाउँन पैसा छैन उहाँले थप्नु भयो ।

साझ बिहानको छाँक टार्न समेत मुस्किल भएको उहाँको भनाई छ । दैनिक छाँक टार्न हम्मे हम्मे पर्छ छोरा छोरी कसरी पढाई लेखाई गर्नु समस्या छ हाम्रा समस्या कसैले सुनेनन् उहाँले भन्नुभयो सरकारले दिने भनेको राहत पनि अहिले सम्म पाएका छैनौ यसले झनै समस्यामा छौ विकले भन्नुभयो । सरकारले बाढीपीडितलाई स्थायी रुपमा सुरक्षित आबासको ब्यबस्था नगर्दा सम्म बर्षेनी बाढी पिडितको समस्या हल हुन नसक्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*