दाङ, १५ साउन ।
सरकारको काम जनविरोधी भएको भन्दै प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले सडक आन्दोलनको सुरुवात गरेको छ । सरकार अधिनायकवाद उन्मुख भएको र अवैधानिक कर प्रणालीको खारेजीको माग गर्दै नेपाली काग्रेस सडकमा उत्रिएको हो ।
नेपाली काग्रेस दाङको पार्टी कार्यालयवाट शुरु भएको सरकारको अधिनायकवादी चरित्र बन्द गर्नुपर्ने, मूल्य बृद्धी फिर्ता गर, संबिधान बिरोधी क्रियाकलाप बन्द गर, जनविरोधी काम बन्द गर, अबैज्ञानीक कर प्रणाली खारेज गर, प्रेस स्वतन्त्रता कायम गरिनुपर्ने माग गर्दै बजार परिक्रमा गरेको थियो ।
अस्थीरतापछि देशलाई स्थायीत्व प्रदान गर्नुपर्ने सरकारले अवैधानिक रुपमा कर वृद्धि गरेर जनतालाई महंगीको मारमा पारेको भन्दै काग्रेसले अवैधानिक रुपमा गरिएको करवृद्धि खारेज गर्न माग गरेको छ ।
घोराहीमा आयोजना गरिएको विरोध कार्यक्रमलाई सम्वोधन गर्ने नेताहरुले जनतालाई सर्वसुलभको नारा दिने बर्तमान सरकारले नै जनताको ढाड सेक्ने गरि गरेको करवृद्धि खारेजीको माग गर्दै सरकारलाई माफियाहरुवाट बच्न समेत आग्रह गरेका थिए ।
आफुलाई जनताको सरकार बताउने वर्तमान केपी शर्मा ओलीको सरकारले अस्वभाविक रुपमा मृुल्यवृद्धि गरेर जनतालाई दु.ख दिने काम गरेको बताएका थिए ।
उनीहरुले सरकारले जनताको आवाज बन्द गर्ने गरि निशेषज्ञा घोषणा गर्ने, अस्पतालमा आक्रमण गर्ने, सवोच्च अदालतले दोषी ठहर गरेका हत्यारालाई आममाफिलगाएतका कामहरु गरेर अधिनायकवादको लक्षण देखाएको उनीहरुले बताएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली काग्रेसका नेता तथा पूर्व मन्त्री डिल्लीबहादुर चौधरी, नेपाली काग्रेसका युवा नेता तथा पूर्व सांसद राजु खनाल, युवा नेता योगेन्द्र चौधरी, प्रदेशसभा सदस्य अर्जुनकुमार श्रेष्ठ, पूर्व सांसद शुसिला चौधरी, पूर्व सांसद बुद्धिराम भण्डारी, नेपाली काग्रेसका दाङका पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरेलगाएतले सम्वोधन गरेका थिए ।
नेपाली काग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव टेकबहादुर वलीले गरेका थिए । घोराहीको पार्टी कार्यालयवाट सुरुभएको ¥यालीले ट्राफिकचोक,नयाँ बजारहुदै तुलसीपुरचोकमा आएर कोणसभामा परिणत भएको थियो ।