Home / Feature Breaking news / करवृद्धि जनतालाई सास्ती ः जनमोर्चा

करवृद्धि जनतालाई सास्ती ः जनमोर्चा

दाङ । संघीयताको नाममा सरकारले जनताको ढाड सेक्ने गरि कर वृद्धि गरेको राष्ट्रिय जनमोर्चाका नेताहरुले बताएका छन । संघीयताको खारेजी र कर वृद्धि फिर्ता गर्नुपर्ने मागसहित शुक्रवार घोराहीमा आयोजना गरिएको विरोध कार्यक्रमलाई सम्वोधन गर्ने नेताहरुले जनप्रतिनिधिहरुले जनताको ढाड सेक्ने काम गरेको बताएका थिए ।

भाषणमा समृद्धिको कुरा गर्ने तर व्यवहारमा पञ्चायाती शैली बर्तमान सरकारले देखिएको नेताहरुको आरोप थियो । राष्ट्रिय जनमोर्चा दाङका जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षता एव जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको सभालाई सम्वोधन गर्ने नेताहरुले देश र जनतालाई बर्वाद गर्ने संघीयता देशलाई आवश्यक नपरेको समेत बताए ।

ddd

संघीयता देश र जनताको समृद्धिको लागि आवश्यक रहेपनि हाम्रो जस्तो विविधता युक्त देशका लागि आवश्यक नरहेको बताएका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी मसालका जिल्ला प्रवक्ता भरत भण्डारी, राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल बुद्धिजिवी परिषदका पूर्व महासचिव शशीधर भण्डारी, अखिल नेपाल जनजाति राष्ट्रिय सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर घर्ती, अखिल नेपाल राष्ट्रिय युवक संघका जिल्ला अध्यक्ष चित्रबहादुर एमसीलगायतले बोलेका थिए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बसन्त पौडेलको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन जनमोर्चाका शुक्रराज भण्डारीले सहजीकरण गरेका थिए । राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयवाट सुरु भएको कार्यक्रम ¥यालीले बजारका विभिन्न भागहरुको परिक्रममा गरि तुलसीपुरचोकमा आएर सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*