घोराही, २७ माघ ।
घोराहीमा भएको प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि आयोजक बि.एफ.एल.क्लवले हात पोरेको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा सल्यान राइजिङ स्टार क्लवलाई २—० गोलको अन्तरले विजयी हुँदै बि.एफ.एल.क्लवले प्रथम विक्रम पुन स्मृति फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।
निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा पहिलो हाफमा वारावरी खेलको दोस्रो हाफमा बि.एफ.एल.क्लवलका जर्सी नम्बर ७७ खेलाडी सुसिल बानिया र जर्सी नम्बर ३२ का जमिर मियाले समान १/१ गोल गरेका थिए ।
तप्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सल्यान राइजिङ स्टार क्लवका सुमित मल्ल, उत्कृष्ट डिफेन्डर बि.एफ.एल.क्लवका उज्वल चौधरी, उत्कृष्ट गोल किपर बि.एफ.एल.क्लवकै भिम पुन र उत्कृष्ट मिडफिल्ड बि.एफ.एल.क्लवकै प्रमोद बुढा मगरलाई पुरस्कार प्रदान गरिएकाे थियाे ।
विजेता हुने बि.एफ.एल.क्लवले नगद १ लाख १५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र र उपविजेता सल्यान राइजिङ स्टार क्लवले नगद रु. ५५ हजार ५ सय ५५ ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् ।
माघ १६ गतेबाट सुरु भएको प्रतियोगितामा रेफ्रिको भूमिका राष्ट्रिय रेफ्रि अमर पुन मगर, एन्फा रेफ्री बिनोद बि.क., शिवहरी शर्मा, खुम वली, कुसुम श्रेष्ठ, आदेश के.सी.शरद भण्डारी र देब नारायण दाहाल रहेका थिए ।