Home / Feature Breaking news / घोराहीमा क्याफे फर यु…

घोराहीमा क्याफे फर यु…

दाङ । घोराही १५ दीपशिखा चोक नजिकै ‘क्याफे फर यु बेकरी एण्ड डेरी’ पसल सञ्चालनमा आएको छ । पसलको आइतवार एक कार्यक्रमको आयोजना गरि उदघाटन गरिएको हो ।

पसलको उदघाटन एक कार्यक्रमका विच घोराही उपमानगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष रमेश कुमार पाण्डेले गरेका हुन् । उक्त पसलमा बेकरीका सबै प्रकारका खाद्य सामाग्रीसंगै जमराको जुस समेत उपलब्ध रहेको पसल सञ्चालक महिमा बस्नेतले जानकारी दिईन् ।

पसलको उद्घाटन गर्दै वडा अध्यक्ष पाण्डेले खाद्य सामाग्रीको शुद्धता र स्वच्छतामा ध्यान दिन सुझाव दिएका थिए । बजारमा अखाद्य बस्तुको विक्री वितरण भैरहेको र यसको न्यूनिकरणका लागि आँफू लागिरहेको भन्दै पाण्डेले बेकरी उद्योगले गुणस्तरहिन खाद्य सामाग्री विक्री वितरण गरेर घोराहीकै नमुना पसलका रुपमा उदाहरण बन्न सुझाव दिए ।

उनले आर्थिक मुनाफा मात्रै नभई जनहितका सम्वन्धमा सचेत भई जनसेवाका रुपमा समेत आफ्नो व्यवसायलाई लिनु पर्ने वताए । पसल सञ्चालक बस्नेतले करिब १० लाखको लगानीमा पसल सन्चालनमा ल्याएको जानकारी दिए । पसल उदघाटन कार्यक्रमको सहजीकरण कुलराज पोख्रेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*