दाङ । राप्ती इलेक्ट्रिसियसन एशोसियसन दाङको अध्यक्ष पुन तुलसीराम पन्थी चयन भएका छन । शनिवार घोराहीमा भएको एशोसियसनको छैठौँ अधिवेशन तथा बार्षिक साधारणसभाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले एशोसियसनको उपाध्यक्षमा रोमबहादुर रावत, सचिव काशीराम भण्डारी, सहसचिव भरतप्रसाद शर्मा, कोषाध्यक्ष तेजबहादुर चौधरीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा छबुनारायण भण्डारी, श्रीधर विष्ट, मेघप्रसाद पोख्रेल, बिपिन कुँवर, एकराज रावत रहेको नवनिर्वाचित अध्यक्ष तुलसीराम पन्थीले राप्ती सन्देश अनलाईनलाई जानकारी दिए । उनका अनुसार एक जना सदस्य पछि थप गरिने भएको छ ।
अध्यक्ष तुलसीराम पन्थीको अध्यक्ष तथा नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रका प्रमुख मधुसुदन यादवको प्रमुख अतिथ्यता एव राप्ती इलेक्ट्रिसियन एशोसियसन दाङका सस्थापक पदम बस्नेतको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पेशागत सुरक्षा र हकहितका लागि एशोसियसन आवश्यक रहेको बताएका थिए ।
त्यस अवसरमा दाङ उद्योग बाणिज्य संघका सचिव माया पोख्रेल , सल्लाहकार बिष्ण आर्ट, डुल्लुराम पोख्रेललगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । अधिवेशन तथा साधारणसभामा बार्षिक प्रतिवेदन सचिव काशीराम भण्डारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रोमबहादुर रावतले प्रस्तुत गरेका थिए । माधव रावतको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सन्तोष अधिकारीले गरेका थिए । एशोसियसनमा २ सय ६२ जना इलेक्ट्रीसियन आवद्ध रहेका छन ।