Home / Feature Breaking news / निर्माण पुरा नहुँदै भत्कियो खुला नाच घर

निर्माण पुरा नहुँदै भत्कियो खुला नाच घर

दाङ, ६ असार ।घोराही उपमहानगरपालिका–१८ को घोरदौरामा निर्माणधिन अवस्थामा रहेको खुला नाच घर भत्किएको छ । लगातारको बर्षाका कारण फिलिङ गरेको माटो दबेपछि निर्माणधिन अवस्थामा रहेको नाच घरको संरचना भत्किएको हो ।

घोरदौरामा पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यका साथ गतबर्ष सांस्कृतिक डबली (खुला नाचघर) निर्माण गरिएको थियो । नाच घर निर्माणको लागि प्रदेश सरकारले गतआर्थिक बर्षमा करिव एक करोड रुपैया खर्च गरेको थियो । उक्त बजेटबाट बहुउद्देश्यीय योजना अन्तर्गत भवन निर्माण, दर्शक बस्नका लागि सिढी, सौचालयलगायतका संरचना निर्माण गरिएका थिए ।

तर लगायतारको बर्षाका कारण भिरालो जमिनलाई सम्याएर बनाइएको सास्कृतिक डवलीमा निर्माण गरिएको भवनको पश्चिमतिरको गाह्रो भत्किनुका साथै दर्शक बस्नका लागि निर्माण गरिएका पाँच वटा सिढीहरु कामै नलाग्ने गरि चर्किएका छन् । त्यसैगरी सौचालयलगायतका अन्य संरचनाहरु समेत काम नलाग्ने गरी चकिएको स्थानीय बताउँछन् ।

नाच घर डिभिजन वन कार्यालय घोराहीमार्फत सत्यम् कन्स्ट्रक्सन प्रालिले गतबर्ष निर्माण गरेको थियो । गतबर्ष रकम अभावका कारण काम पुरा नभएको भन्दै प्रदेश सरकारले यसबर्ष नाच घरमा थप संरचना निर्माणका लागि ५८ लाख रुपैयाँ छुट्याएको थियो । तर निर्माण कम्पनी सत्यम् कन्स्ट्रक्सन प्रालिले २८ प्रतिशत घटेर ४१ लाख रुपैयाममा कामको सम्झौता गरेको थियो ।

त्यही अनुसार कम्पनीले यसबर्ष पनि उक्त स्थानमा सार्वजनिक सौचालय, मञ्चको बाँकी रहेको काम पुरा गर्ने, मञ्चको दर्शक दिर्घामा अपांगता भएका व्यक्तिहरु जानका लागि अपांगमैत्री बाटो, सिढी निर्माण, ढुंगा बिच्छाउनेलगायत उक्त स्थानमा माटो भर्ने काम गरिरहेको अवस्थामा असारको महिनामा लगातार आएको बर्षाले केही संरचनामा क्षेती पुयाएको डिभिजन वन कार्यालय दाङका इन्जिनियर कृतिसिंह जिसीले जानकारी दिएका छन् ।

उनले निर्माणका क्रममा संरचना भत्किएकाले निर्माण व्यवसायीले नै संरचना बनाउनुपर्ने बताए । ‘निर्माण चरणमै संरचना भत्किाएले पुनः संरचना बनाउने काम कम्पनीले गर्नेछ’–इन्जिनियर जिसीले भने–‘ काम नगरे निर्माण कम्पनीले पैसा पाउँदैन ।’ उनले निर्माण कम्पनीको लापरवाहीका कारण संरचनामा क्षेती हुन पुगेको समेत बताए ।  करोडौ रुपैया खर्च गरेर निर्माण गरिएका संरचनाहरु एक बर्ष नपुग्दै भत्किएपछि अहिले सामाजिक सञ्जालहरुमा चर्काे रुपमा विरोध समेत हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*