Home / मनोरञ्जन / कोमल वली पोई खोज्न छाडेर राजनितीमा

कोमल वली पोई खोज्न छाडेर राजनितीमा

नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका (तीज) आउन १ महिना बढि छ । हरेक वर्ष झै तीजको रौनकता सुरु भएको छ । तीज पर्वलाई विशेष पर्वका रुपमा गीतले रौकनता थप्छ । अन्य पर्व भन्दा यो पर्वमा गीतको विशेष महत्व रहने गर्दछ ।

20108665_1420220511402603_7515652080629459599_n

नेपालकै उत्कृष्ट एव. लोकप्रीय गायीका कोमल वलीले यसवर्ष राजनिती गर्ने गीत बजारमा ल्याएकी छिन् । सधै पोई खोज्दै गीत गाउने कोमलले यसवर्ष पाई नखोजेर राजनिति रोजेकी छिन् । पाईल जान पाम, पोई चाहियो भन्दै गतवर्ष लास्टै चोटी पोई खोजेकी कोमलले यसवर्ष भने मलाई पोई चाहिएन राजनिती गर्छु, देशको सेवा गर्छु भन्दै नयाँ गीत बजारमा ल्याएकी छिन् । “ओए ओए मलाई चाहिएन पोई, म बाँच्ने देशकै लागी हो, म नाच्ने यसकै लागी हो” बोलको गीत बजारमा ल्याएकी छिन् । नेता बनेर देशको विकास गर्ने र सबै जनतालाई सुःख दुःखमा साथ दिने उनले गीतमा व्यक्त गरेकी छिन् ।

20140026_1420220568069264_3416983853403181819_n

राप्रपाको नेता बनेर राजनिती सुरु गरेकी कोमलको यो गीत उनको जीवनको वास्तविकतामा जोडिएको स्रोताहरुको भनाई छ । यस गीतको शब्द र लय पशुपति शर्माको रहेको छ । पशुपतिले गीतमा अरु नेताले झैे भ्रष्टाचार नगर्न आग्रह गर्दै भ्रष्टाचार गरेमा जनताले पत्तासाप पार्ने सुझाव दिएका छन् ।

गीत हेर्न यहाँ क्लीक गर्नुहोस्ः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*