दंगाली गायीका भूमीका गिरीको तीज गीत पनि बजारमा आएको छ । दाङको देउखुरीकी गायीका भूमीकाले पछिल्ला वर्ष लगातार तीज गीत बजारमा ल्याएकी छिन् । उनका हरेक वर्षका तीज गीत उत्कृष्ट एवं चर्चीत रहेका छन् ।
जुन गीतले गर्दा उनको सांगीतिक क्षेत्रलाई झनै उचो बनाएको छ । उनको लोकदोहोरी गीत एवं तीज गीत स्रोताहरुले रुचाईएका गीत बनेका छन् । पछिल्लो समय लोकदोहारी क्षेत्रमा नमूना गायीका बनेकी भूमीकाले “दियौ चुरोट दिएनौ सलाई, कुन दिनको रिसले हो मलाई” बोलको यसवर्ष पहिलो गीत बजारमा आएको छ । धेरै गीतमा उनको स्वरमो माग भएकाले यसवर्षको पहिलो गीत बजारमा ल्याएको उनी बताउछिन् ।
आषीश म्यूजीक प्रा.लीले बजारमा ल्याएको गीतमा भूमीकासँगै गायक पशुपति शर्माको स्वर रहेको छ । गीतको शब्द र लय पशुपति शर्माकै रहेको छ । यो गीतमा भूमीकाले आफै अभिनय गरेकी छिन् । उनी पछिलो समय मोडलको रुपमा पनि आफूलाई स्थापीत गर्दै छिन् । उनका धेरेजसो गीतमा आफै अभिनय गरेकी छिन् ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः