आजभोलीको समय तीज गीतको हो । तीज आउन करिब १ महिना बाँकी छ । जसले गर्दा सञ्चारमाध्यमदेखी बजारमा पनि तीज गीत घन्कीरहेका हुन्छन् । नेपाली संगीत क्षेत्रमा दाङ अग्र पंतीमा छ । तीज गीतमा पनि दंगाली कलाकारहरुका गीत धामधम बजारमा आईरहेका छन् ।
यसैक्रममा लोकदोहोरी गायक मेक्सम खातीको तीज गीत बजारमा आएको छ । दंगाली गायक मेक्सम खातीले यस वर्षको तीज गीत बजारमा ल्याएका छन् । पछिल्ला समय लोकदोहोरी क्षेत्रका चर्चीत एवं लोकप्रीय मानिएका घोराही उपमहानगरपालिका ९ निवासी गायक मेक्समले यसवर्ष “तिजैको रहर” बोलको तीज गीत बजारमा ल्याएका छन् ।
“तिजैको रहर, सानुले कम्मर मर्काउदा हल्लीयो दाङ घोराही शहर” बोलको उनको गीत अहिले चर्चीत गीत बनेको छ । गोरक्ष म्यूजिक प्रा.लीको प्रस्तुतिमा रहेको गीतमा मेक्सम खाती क्षेत्री र टोकाकुमारी मगरको स्वर रहेको छ । जुन गीतमा शंकर विसी र अञ्जली अधिकारीको अभिनय रहेको छ ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्ः
https://www.youtube.com/watch?v=6r0WaMgNgAY