Home / Feature Breaking news / पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा रैनादेवी छहरा गाउपालिका–८ खुर्साने गाउँका ६ जना महिला छन्।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस बिहीबार राति खुर्सानेमा दुर्घटना भएको थियो। बस सडकबाट करिब ६० मिटर तल खसेको थियो।

रैनादेवी छहरा गाउपालिका–८ का वडाध्यक्ष रेमबहादुर रानाका अनुसार ज्यान गुमाउनेमा खुर्साने गाउँकी ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्री छन्।

दुर्घटनामा अन्य १८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको छ।

सालझण्डी-ढोरपाटन सडकखण्डअन्तर्गत खुर्साने गाउँनजिकै पुग्दा बस दुर्घटनामा परेको हो। प्रहरीका अनुसार रातिको समयमा हुस्सु लागेका कारण बाटो नदेख्दा बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*